IME Life New

अग्निपीडितलाई सन नेपाल लाइफ इन्स्योरेन्सको सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गुल्मी जिल्ला इस्मा गाउँपालिका–२ सिदुंखामा आगलागीबाट घर गोठ जलेर पूर्ण रुपमा क्षति भएका घर परिवारहरुका लागि लगाउने लुगा राहातस्वरुप प्रदान गरेको छ। कम्पनीले उक्त क्षेत्रमा आगलागीका कारण घरमा भएका सम्पूर्ण सामानहरुको क्षति भएको जानकारी पाएपछि सामाजिक उत्तरदायित्वअन्तर्गत १७ घरपरिवारका करिब ६६ जना सदस्यलाई एक कार्यक्रमबीच एक÷एक जोडी लगाउने कपडा प्रदान गरेको हो।

कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्सका बुटवल कलस्टर प्रमुख सन्तोष कुँवर क्षेत्रीले सन नेपाल लाइफ इन्स्योरेन्स सुख वा दुःख हरेक परिस्थितिमा सदैव जनताको साथमा रहेको र जोखिम तथा विपदमा आर्थिक सुरक्षा पाउनको लागि सबैले बीमा गर्नेपर्ने बताए। उनले भने, ‘यस्तो विपदमा आर्थिक सुरक्षाको ग्यारेन्टी गर्नका लागि गाउँपालिकाले घर, पशुपन्छी तथा म्यादी जीवन बीमा अनिवार्य गराउन तत्कालै पहल गर्नुपर्ने आवश्यकता देखिएको छ, जसको कारणले पीडितले राहात र सहयोगको भर नपरी आफ्नो अधिकारको रकम दावी गर्ने अवस्था सिर्जना हुन्छ।’

Esewa
Crest

त्यसैले बीमालाई गाउँपालिकाको नीतिमै समावेश गरेर कार्यान्वयन गर्नु अत्यन्तै आवश्यक रहेको क्षेत्रीले जानकारी गराए। साथै, यसै गाउँपालिकाको अन्य वार्डमा भएको आगलागीबाट विस्थापित अन्य घरपरिवारहरुका लागी पनि राहात स्वरुप खाद्यान्न सामग्री प्रदान गर्ने योजना रहेको उनले सुनाए।

‘समाजलाई चोट लाग्दा सन नेपाल लाइफ इन्स्योरेन्सलाई दुखेको छ, त्यसैले जनताको पीडामा मलम बनेर सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले उक्त क्षेत्रमा करिब १ लाखबराबरको राहात सामग्री वितरण गर्न लागेको छ’, कम्पनीका गुल्मी शाखा प्रमुख नवीन अर्यालले भने।

उक्त राहात सामग्री वितरण कार्यक्रममा सन नेपाल लाइफको प्रतिनिधिका रुपमा बुटवल कलस्टर प्रमुख तथा गुल्मी शाखा प्रमुख, अभिकर्ता, विपद व्यवस्थापन समितिका पदाधिकारी तथा विभिन्न सरोकारवाला व्यक्तित्वको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS