IME Life New
GBIME

प्रदेशगत हिसाबले कस्तो छ जीवन बीमा व्यवसायको अवस्था ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा व्यवसायको ठूलो बजार बागमती प्रदेश देखिएको छ। अन्य प्रदेशको तुलनामा बागमतीबाट जीवन बीमकले धेरै व्यवसाय भित्र्याएको देखिन्छ।

नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्म १ खर्ब २७ अर्ब ३ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। बीमकहरुले बागमती प्रदेशबाट मात्रै ५६ अर्ब ७९ करोड २१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो कुल व्यवसायको ४४.७१ प्रतिशत हिस्सा हो।

Crest

यसैगरी दोस्रो धेरै व्यापार कम्पनीहरुले लुम्बिनी प्रदेशबाट भित्र्याएका छन्। यो प्रदेशबाट कम्पनीहरुले १९ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो कुल व्यापारको १५.५८ प्रतिशत हिस्सा रहेको छ।

तेस्रो धेरै व्यापार कोशी प्रदेशमा रहेको देखिन्छ। कम्पनीहरुले कोशीबाट १५ अर्ब ३१ करोड १२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो कुल व्यापारको १२.०५ प्रतिशत हिस्सा हो।

यसैगरी चैतसम्म कम्पनीहरुले गण्डकी प्रदेशबाट १२ अर्ब ७६ करोड ६३ लाख रुपैयाँ, मधेश प्रदेशबाट ११ अर्ब १६ करोड ७८ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट ७ अर्ब ६० करोड ९५ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट ३ अर्ब ६० करोड ९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा गण्डकीको हिस्सा १०.०५ प्रतिशत, मधेश प्रदेशको ८.७९ प्रतिशत, सुदूरपश्चिमको ५.९९ प्रतिशत र कर्णालीको २.८३ प्रतिशत हिस्सा रहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS