IME Life New

उचित बीमांक कति हो ? जीवन बीमा गर्दा बीमांक रकम कसरी निर्धारण गर्ने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तपाइँले बीमा जोखिम बहन हुनु कति महत्वपूर्ण छ भन्ने कुरा महसुस गर्नुहुन्छ। तपाइँ अनलाइन योजना खरिद गर्नाले तपाइँलाई पर्याप्त बचत गर्न सकिन्छ भन्ने कुरामा पनि सहमत हुनुहुन्छ। तपाइँ कति मूल्यको जीवन बीमा किन्न चाहनुहुन्छ भनेर सोध्दा रोकिनुहुन्छ।

पर्याप्त बीमांक कति हुन सक्छ भन्ने हावादारी अनुमानकै भरमा अघि बढ्ने उत्तम तरिका हो ? गलत ! कुनै व्यक्तिलाई कति बीमांकको बीमा आवश्यक पर्छ भन्ने निर्णय आफैँले गर्न अलिक सहज नहुन सक्छ।

Esewa
Crest

के तपाइँलाई थाहा छ कि नेपालमा औसत बीमांक रकम १ लाख रुपैयाँभन्दा पनि कम छ। यसको अर्थ बीमितको औसत मासिक आम्दानी केवल २ हजार रुपैयाँ हो। जुन औसत नेपालीको आयभन्दा धेरै कम हुन जान्छ।

तपाइँलाई कति बीमा चाहिन्छ भनेर बुझ्नु बीमा गर्नुपर्ने आवश्यकता जत्तिकै महत्वपूर्ण छ। बीमांक निर्धारण गर्ने दुई प्रमुख तरिका छन्। जसमा तपाइँले आवश्यकतामा आधारित विधि र मानव जीवन मूल्य क्याल्कुलेटरबाट आवश्यक पर्ने बीमा रकम गणना गर्न सक्नुहुन्छ।

आवश्यकतामा आधारित विधि

आवश्यकतामा आधारित विधिबाट सुरु गरौँ। जसले व्यक्तिको विशिष्ट आवश्यकताहरुका आधारमा बीमा रकम गणना गर्दछ। यसले परिवारको सबैभन्दा कान्छो व्यक्तिको आयुसम्मको दैनिक पारिवारिक खर्चको हिसाब राख्छ। आवश्यकतामा आधारित विधिमा घर ऋण, कार ऋण आदि जस्ता वित्तीय दायित्व र इच्छित अवधिका लागि आश्रितहरुलाई सहयोग गर्न आवश्यक रकम समावेश छ।

यसमा बच्चाको शिक्षा वा विवाहजस्ता विशिष्ट पारिवारिक आवश्यकताहरुका लागि आवश्यक पैसा पनि समावेश हुन सक्छ। उदाहरणका लागि यदि कुनै व्यक्तिसँग ५० लाख रुपैयाँको घर कर्जा, ५ लाख रुपैयाँको सवारी कर्जा छ र उसको मृत्यु भएमा उसको परिवारलाई प्रतिमहिना ५० हजार रुपैयाँ चाहिन्छ भने जीवन बीमाबाट परिवारका लागि प्रतिमहिना ५० हजार रुपैयाँ कमाउने र मुद्रास्फीतिलाई ध्यानमा राखेर उसको बाँकी रहेको घर कर्जा र सवारी कर्जा चुक्ता गर्ने रकमबराबर हुनुपर्छ।

जीवनमा आधारित विधि

तपाइँको बीमा आवश्यकताहरु गणना गर्ने अर्को तरिका मानव जीवन मूल्य सूचकांक प्रयोग गर्नु हो। तपाइँको वित्तीय मूल्यको गणना हो। यसले तपाइँको हालको आय, सम्पत्ति र आयमा अपेक्षित वृद्धिलाई ध्यानमा राख्छ।

केही आधारभूत वित्तीय जिम्मेवारीहरु यसमा थपिएका छन्। जसले तपाइँलाई केही भएको खण्डमा तपाइँको आश्रितहरुलाई तपाइँको वित्तीय मूल्य प्रतिनिधित्व गर्ने संख्या दिन्छ।

संख्या सन्दर्भको विन्दु हो र यसलाई तपाइँको पैसा जोगाउने वर्तमान क्षमताको सन्दर्भमा राख्नुपर्छ। साथै, मानव जीवन मूल्य र आवश्यकतामा आधारित गणनाहरु अनिवार्य रुपमा गतिशील लक्ष्यहरु हुन् र प्रत्येक ५–७ वर्षमा समीक्षा गरिनुपर्छ। अन्तिम उद्देश्य सधैँ यस्तो तरिकाले योजना बनाउनुपर्छ कि तपाइँको अनुपस्थितिमा तपाइँको परिवारले उनीहरुको अझै पूरा नभएका आवश्यकताहरुमा सम्झौता गर्नु नपरोस्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS