IME Life New

राष्ट्रियस्तरका विकास बैंकहरुको लाभांश क्षमता कति ? (इन्फोग्राफिकसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। गत आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार नेपालका राष्ट्रियस्तरका विकास बैंकहरुको प्रतिशेयर वितरणयोग्य मुनाफा (लाभांश क्षमता) सम्बन्धी तथ्यांक सार्वजनिक भएको छ।

सार्वजनिक प्रतिवेदनअनुसार गरिमा विकास बैंक प्रतिशेयर रु २०.२३ वितरणयोग्य मुनाफासहित यस सूचीको शीर्ष स्थानमा रहन सफल भएको छ। गरिमालाई पछ्याउँदै लुम्बिनी विकास बैंकको प्रतिशेयर रु. १६.९९ र शाइन रेसुंगा डेभलपमेन्ट बैंक प्रतिशेयर रु. १६.८६ वितरणयोग्य मुनाफाका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

Esewa
Crest

यसैगरी चौथो स्थानमा रहेको कामना सेवा विकास बैंकले प्रतिशेयर रु. १५.१६ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। कामना सेवा विकास बैंकले भने आर्थिक वर्ष २०८२।८३ को वितरणयोग्य मुनाफाबाट १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरिसकेको छ। सूचीमा सांग्रिला डेभलपमेन्ट बैंक प्रतिशेयर रु. १३.१९ र महालक्ष्मी विकास बैंक प्रतिशेयर रु. १०.३१ को वितरणयोग्य मुनाफाका साथ चौथो त्रैमास अन्त्य गर्न सफल भएका छन्।

वित्तीय प्रतिवेदनअनुसार मुक्तिनाथ विकास बैंकको प्रतिशेयर वितरणयोग्य मुनाफा रु. ८.४५ रहेको छ भने ज्योति विकास बैंक रु. ३.२८ रहेको छ।

(डिस्क्लेमरः यस सामग्रीमा प्रस्तुत वित्तीय तथ्यांक तथा जानकारीहरु सर्वसाधारणका लागि केवल सूचनामूलक प्रयोजनका उद्देश्यले तयार पारिएको हो। यो कुनै पनि शेयर खरिद, बिक्री वा लगानीसम्बन्धी सिफारिस वा वित्तीय सल्लाह होइन।)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS