IME Life New

जोखिम आधारित पुँजी प्रणाली लागू गरेपछि प्रमुख दुई जीवन बीमकको उपलब्ध पुँजी कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जारी गरेको जोखिम आधारित पुँजी गणनासम्बन्धी प्रावधानको अघिल्लो आर्थिक वर्ष २०८०।८१ देखि आंशिक रुपमा कार्यान्वयनमा आएको छ।

यो प्रावधान पूर्ण कार्यान्वयनमा आएसँगै पुराना र व्यवसायको आकारका आधारमा प्रमुख दुई जीवन बीमक नेपाल लाइफ र नेसनल लाइफ इन्स्योरेन्सले वार्षिक वित्तीय विवरणमा जोखिम आधारित पुँजी र उपलब्ध पुँजी कोषको पर्याप्तताबारे प्रतिवेदनमा विस्तृत उल्लेख गरेका छन्।

Esewa
Crest

नेपाल लाइफको आर्थिक वर्ष २०८०।८१ को वित्तीय विवरणअनुसार यसको जोखिम आधारित आवश्यक पुँजीको आकार १६ अर्ब ५३ करोड ९० लाख रुपैयाँ रहेको छ। कम्पनीको ८ अर्ब रुपैयाँ चुक्ता पुँजीसँगै तत्कालै उपलब्ध हुनसक्ने पुँजीगत स्रोतको आकार २३ अर्ब ९६ करोड ६० लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ। यो आधारमा वित्तीय दायित्वभन्दा ७ अर्ब ४२ करोड ७० लाख रुपैयाँ अतिरिक्त पुँजी उपलब्ध छ। यसको सोल्भेन्सी अनुपात १४४.९ प्रतिशत रहेको छ।

नेसनल लाइफ इन्स्योरेन्सको अघिल्लो आर्थिक वर्ष २०८०।८१ सम्ममा जोखिम आधारित पुँजी आवश्यकता ८ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ रहेकोमा यसको उपलब्ध पुँजी कोष १० अर्ब ३५ करोड १६ लाख रुपैयाँ रहेको छ।

जोखिम आधारित पुँजीको गणना गर्दा बीमा व्यवसाय सञ्चालनसँग सम्बन्धित सबैखाले जोखिम बहन गर्नका लागि बीमकसँग पुँजीका रुपमा गणना गर्न सकिने पर्याप्त वित्तीय स्रोतहरु उपलब्ध छ वा छैन भन्ने यकीन गरिन्छ।

यस्तो पुँजीको गणनामा ब्याजदरको जोखिम, नियामकीय जोखिम, महाविपत्ति जोखिमलगायत जोखिमलाइए मध्यनजर गर्दै ती जोखिमका कारण बीमकको वित्तीय स्वास्थ्यमा पर्न सक्ने सम्भावित असर थेग्नका लागि आवश्यक पर्ने पुँजीको निर्धारण गरिएको हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS