IME Life New

प्रतिबन्धित वस्तु बिक्री-वितरण गर्नेलाई कारबाहीको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्धित वस्तु बिक्री-वितरण गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

विभागले आज एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१)बमोजिम कुनै वस्तुको निकासी वा पैठारीमा मनाही वा नियन्त्रण गर्न सक्ने कानुनी व्यवस्थाअनुसार सरकारले त्यस्ता वस्तुको निवासी वा पैठारीमा सर्त वा निश्चित अवधि तोकी वा नतोकी मनाही गर्न वा पूर्ण वा परिमाणात्मक बन्देज लगाउन विभिन्न मितिमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरेको छ। तर, त्यस्ता बजारमा भौतिक तथा डिजिटल प्लेटफर्मका माध्यमबाट बिक्रीवितरण भइरहेको सम्बन्धमा प्राप्त उजुरी तथा गुनासाप्रति ध्यानाकर्षण भएको विभागले जनाएको छ।

Esewa
Crest

सरकारले प्रतिबन्ध लगाएका त्यस्ता वस्तुत अनाधिकृत रुपमा पैठारी, भण्डारण तथा बिक्रीवितरण गर्ने कार्य कानुनबमोजिम दण्डनीय रहेकोले सबै पैठारीकर्ता, सञ्चयकर्ता र बिक्रेतालाई कानुनले तोकेबमोजिमको दायित्व सर्त बन्देज परिपालना गरी व्यापार–व्यवसाय सञ्चालन गर्न विभागले आग्रह गरेको छ।

यदि कानुनविपरीतका कार्यहरु भए गरेको पाइएमा सोही ऐन, उपभोक्ता संरक्षण ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी विभागले दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS