IME Life New

छ्याङ्दी हाइड्रोको अवितरित हकप्रद शेयर आजबाट लिलामीमा बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले आज साउन १४ गतेबाट अवितरित हकप्रद शेयर लिलामी प्रक्रिया मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत जेठ २३ गतेदेखि असार २७ गतेसम्म हाल कायम चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार रुपैयाँ बराबरको १ः१ को अनुपात शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो ।

सो अवधिभित्र बिक्री हुन नसेको शेयर लिलामी प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो । जसमा बिक्री हुन नसकेको २ लाख ९८ हजार ८३२ कित्ता शेयर बोलकबोल बढाबढ मार्फत बिक्री गर्ने भएको हो । सो शेयर खरिद गर्न ईच्छुक जो कोही व्यक्ति, संस्था वा कम्पनीलाई साउन २१ गतेभित्र तोकिएको संकलन केन्द्रमा आइपुग्ने गरी प्रति कित्ता के कति रेटमा लिन कबुल गर्ने हो सो खुलाई निवेदन दिन कम्पनीले भनेको छ ।

Esewa
Crest

शेयरको बोलपत्र आवेदन फारम ग्लोबल आइएमई क्यापिटलको प्रधान कार्यालय, नक्साल काठमाडौं, ग्लोबल आइएमई बैंक, शाखा कार्यालय बिर्तामोड, विराटनगर, बीरगञ्ज, जनकपुर, नारायणगढ, न्युरोड, बुटवल, हेटौंडा, घोराही, धनगढी, महेन्द्रनगरबाट पाइनेछ ।

सो शेयरमा आज साउन १४ गतेबाट साउन २१ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

बिक्रीमा राखिने शेयरमा इच्छुका जोहीकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS