IME Life New

हिमालयन लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली जेठ २८ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले असार १० गते, मंगलबार आम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १०ः ३० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

Esewa
Crest

सभाले संचालक समितिको आर्थिक वर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, कम्पनीको आर्थिक वर्ष २०८०र८१ को अवधिको लागि एनएफआरएस बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गर्नेछ ।

सभाले यस कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंक लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृत गर्नेछ । सभाले संचालक समितिको निर्णय बमोजिम आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गर्ने (हालको लेखापरीक्षक एससि लाल एशोसिएट्स चार्टर्ड एकाउन्टेण्ट पुनः नियुक्तिको लागि योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

सभाले कम्पनीको प्रस्तावित विषय उपर नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न संचालक समितिलाई अख्तियारी दिने, कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आर्थिक वर्ष २०८०/८१ मा भएको खर्चको अनुमोदन गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS