IME Life New

आजसम्म शेयर किन्नेले खानी खोला हाइड्रोपावरको हकप्रद शेयर भर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले यही असार २७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ असार २६ गतेसम्म कायम शेयरधनीहरुले यो कम्पनीको हकप्रद शेयर भर्न पाउनेछन्।

नेपाल धितोपत्र बोर्डले खानी खोला हाइड्रोपावरलाई गत असार १० गते हकप्रद निष्कासन गर्न अनुमति दिएको थियो। धितोपत्र बोर्डले खानी खोला हाइड्रोपावरलाई चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो।

Esewa
Crest

अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर बिक्री गर्नेछ।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS