IME Life New

यी हुन् रिलायबल नेपाल लाइफका १४ ठूला शेयरधनी, कसको हिस्सा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफले आफ्नो आठौँ वार्षिक साधारणसभा असार २ गते (सोमबार) सम्पन्न गर्यो। सभाले आर्थिक वर्ष २०८०।८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गरेको छ।

सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ४ अर्ब ६४ करोड रुपैयाँको कुल १२.६३ प्रतिशत लाभांश पारित गरेको छ । जसमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश छन्।

Esewa
Crest

बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ ।

वार्षिक प्रतिवेदनअनुसार कम्पनीमा १४ ठूला शेयरधनी रहेका छन्। कम्पनीमा सबैभन्दा धेरै शेयर स्वामित्व ग्लोबल आइएमई बैंकको रहेको देखिएको छ। ग्लोबल आइएमई बैंकसँग यो कम्पनीकोे ४६ लाख ४० हजार कित्ता अर्थात १० प्रतिशत शेयर स्वामित्व रहेको छ।

यसैगरी कम्पनीका दोस्रो ठूला शेयरधनी गौरव अग्रवाल रहेका छन्। उनीसँग कम्पनीको ३० लाख १६ हजार कित्ता (६.५० प्रतिशत) शेयर रहेको छ।

सुशीलकुमार पन्त रिलायबल नेपाल लाइफका तेस्रो ठूला शेयरधनी हुन्। उनीसँग कम्पनीको १३ लाख ४५ हजार ६०० कित्ता (२.९० प्रतिशत) शेयर रहेको छ।

त्यस्तै गौरीराज जोशी र डा प्रकाशचन्द्र लोहनीसँग समान ११ लाख ६० हजार कित्ता (२.५० प्रतिशत), जनार्दन पन्तसँग ९ लाख २८ हजार कित्ता (२ प्रतिशत), पदमकुमारी लोहनीसँग ७ लाख ४२ हजार कित्ता (१.६० प्रतिशत), सन्दीप खेतानसँग ५ लाख ८१ हजार १६० कित्ता (१.२५ प्रतिशत), जुली चाहचानसँग ५ लाख ८० हजार कित्ता (१.२५ प्रतिशत), रेखा घिमिरेसँग ५ लाख ६८ हजार ४०० कित्ता (१.२३ प्रतिशत), जुनी गुरुङ र प्रेम प्रभात गुरुङसँग समान ४ लाख ६४ हजार कित्ता (१ प्रतिशत), हरिभक्त शर्मासँग ४ लाख ६ हजार कित्ता (०.८८ प्रतिशत) र राधेश्याम अग्रवालसँग ३ लाख ४८ हजार कित्ता (०.७५ प्रतिशत) शेयर स्वामित्व रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS