IME Life New
GBIME

बीमा व्यवसायको आकार साढे १ खर्ब नाघ्यो, जीवन र निर्जीवन व्यापारको हिस्सा कति ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्म साढे १ खर्ब रुपैयाँ बढीको व्यवसाय गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ९ महिनामा बीमा कम्पनीहरुले १ खर्ब ५९ अर्ब ८५ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्षको चैतसम्म बीमा कम्पनीहरुले १ खर्ब ४० अर्ब ३१ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बीमा कम्पनीहरुको व्यवसाय १३.९३ प्रतिशतले बढेको छ।

Crest

चालु आर्थिक वर्षको चैतसम्मको कुल व्यवसायमा जीवन बीमाको हिस्सा ७९.४७ प्रतिशत र निर्जीवन बीमाको हिस्सा २०.५३ प्रतिशत रहेको छ। अघिल्लो यस्तो हिस्सा जीवन बीमाको ७८.५१ र निर्जीवन बीमाको २१.५४ प्रतिशत रहेको थियो।

हाल नेपालमा १४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लुघ जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय गरिरहेका छन्।

तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैतसम्म १ खर्ब २७ अर्ब ३ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा १५.३२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब १० अर्ब १६ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

चालु आर्थिक वर्ष चैतसम्म जीवन कम्पनीहरुले २७ अर्ब ४७ करोड ३७ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र ९९ अर्ब ५६ करोड ३१ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले २१ अर्ब ५४ करोड १६ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र ८८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा प्रथम बीमाशुल्क २७.५४ प्रतिशत र नवीकरण बीमाशुल्क १२.३५ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म जीवन बीमा कम्पनीहरुको सक्रिय बीमालेख संख्या १ करोड ४३ लाख ९९ हजार ५७३८ वटा रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म सक्रिय बीमालेख संख्या १ करोड ३८ लाख ६६ हजार ६१५ वटा थियो। बीमालेख संख्या ३.८४ प्रतिशतले बढेको छ।

यसैगरी चालु आर्थिक वर्षको चैतसम्म निर्जीवन बीमा कम्पनीहरुले ३२ अर्ब ८१ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले ३० अर्ब १५ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ८.८३ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी, वैदेशिक रोजगार जीवन बीमालेखबाहेक) ५३ लाख ६४ हजार ९१ वटा रहेको छ। जुन अघिल्लो वर्ष यही अवधिको तुलनामा ३.५६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म यो संख्या ५५ लाख ६२ हजार ३७० वटा थियो।

चालु आर्थिक वर्षको चैतसम्म म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ६५ लाख ६७ हजार २६३ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २४ लाख ६८ हजार २१९ वटा रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ६२ लाख ६१ हजार ४१३ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २० लाख ४२ हजार ८३२ वटा थियो। अघिल्लो वर्षको तुलनामा म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ४.८८ प्रतिशत र वैदेशिक रोजगार बीमालेख संख्या २०.८२ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म बीमाको दायरामा आएको जनसंख्या बढेर ४४.६४ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बीमाको दायरामा आएको जनसंख्या ४३.३२ प्रतिशत थियो।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS