काठमाडौं । जीवन बीमा कम्पनीहरुको नयाँ व्यापार २७ दशमलव २२ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा जीवन बीमकको नयाँ व्यवसाय बढेको देखिएको हो । चालु आर्थिक वर्षको ९ महिना अर्थात चैतसम्ममा १४ वटा जीवन बीमा कम्पनीहरुले २४ अर्ब ४० करोड १ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले १९ अर्ब १७ करोड ८९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको प्रथम बीमाशुल्क २७ प्रतिशतले बढी हो ।
चालु आर्थिक वर्षको चैत महिनासम्ममा सबैभन्दा धेरै नेपाल लाइफले प्रथम बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ५ अर्ब ९९ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले ३८ दशलमव ७८ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिसम्ममा नेशनल लाइफले ३ अर्ब ६६ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले २१ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ८९ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले २५ दशलमव ३७ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो ।
त्यस्तै, सूर्यज्योति लाइफले १ अर्ब ८१ रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले २९ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो । हिमालयन लाइफले १ अर्ब ७५ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले ६ दशमलव ७८ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो ।
सिटिजन लाइफले १ अर्ब ३५ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले १२ दशलमव ०७ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो । एशियन लाइफले १ अर्ब २५ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले २६ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो । सानिमा रिलायन्स लाइफले १ अर्ब १९ रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले १५ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो ।
रिलायबल नेपाल लाइफले १ अर्ब १ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले २१ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो । मेट लाइफले ९८ करोड ५१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले ४ दशलमव ९० प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो ।
त्यसैगरी प्रभु महालक्ष्मी लाइफले ९५ करोड ५७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले ५१ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो । आइएमई लाइफ इन्स्योरेन्सले ९३ करोड २८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले २१ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो । राष्ट्रिय जीवन बीमा कम्पनीले ८६ करोड ८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले १०० प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो । सन नेपाल लाइफल ७२ करोड २४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले ६४ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो ।