IME Life New

हाइड्रोपावरमा कोशी प्रदेश सरकार पनि, शेयर लगानीका लागि छुट्यायो रू. १० करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोशी प्रदेश सरकारले जनताको जलविद्युत कार्यक्रम जलविद्युत आयोजनामा लगानीका लागि १० करोड रूपैयाँ विनियोजन गरेको छ। कुल ७७.५ मेगावाट  विद्युत उत्पादन क्षमताको  घुन्सा खोला जलविद्युत आयोजना र सोलुखुम्बु जिल्लाको आमादब्लम साना जलविद्युत आयोजनामा शेयर लगानी गर्न बजे विनियोजन गरेको हो।

आइतबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले समावेशी, समन्यायिक र दिगो विकासको लक्ष्यसहित बजेट ल्याइएको जानकारी दिए ।

Esewa
Crest

कोशी प्रदेशका सञ्चालित जलविद्युत आयोजनाहरूको कुल विद्युत उत्पादन क्षमता ६५३ मेगावाट छ। आर्थिक वर्ष २०८०।८१ को अन्त्यसम्ममा कोशी प्रदेशमा निर्माण सम्पन्न ६ वटा जलविद्युत र एउटा सोलार गरी ७ वटा आयोजनाको विद्युत उत्पादन क्षमता १६८.५ मेगावाट रहेको छ।

कोशी प्रदेशका जलविद्युत आयोजनाहरुको कुल विद्युत उत्पादन क्षमता ६५३ मेगावाट

कोशी प्रदेशमा सञ्चालित जलविद्युत आयोजनामध्ये सोलुखुम्बु जिल्लामा सञ्चालित जलविद्युत आयोजनाहरुको सबैभन्दा बढी २४५.४ मे.वा. विद्युत उत्पादन क्षमता रहेको छ।

यस प्रदेशका जिल्लाहरुमध्ये इलाममा १६ वटा, संखुवासभामा ८ वटा, सोलुखुम्बुमा ७ वटा, पाँचथर र ताप्लेजुङमा ५–५ वटा, खोटाङ र भोजपुरमा ३–३ वटा तेह्रथुम र ओखलढुंगामा १–१ वटा जलविद्युत आयोजना रहेका छन् भने झापा र मोरङमा १–१ वटा सोलार विद्युत आयोजना रहेका छन्।

कोशी प्रदेश सरकारले २०७५ २०८१ को प्रथम आवधिक योजना २०७६।७७ देखि २०८१।८२ को मा प्रदेशको पानी, प्रदेशकै लगानी नारा घोषणा गर्दै गत आर्थिक वर्ष २०८०।८१ मै तमोर, अरूण र सुनकोशी नदीको बेसिनमा एक एक वटा दुइ दुइ सय मेगावटको जलविद्युत आयोजना प्रदेश गाैरवको आयोजनाका रूपमा कार्यान्वयन गर्ने घोषणा गरेको थियो।

प्रथम आवधिक योजनाको अवधि पुरा भइसक्दा समेत प्रदेश सरकारको लगानीमा जलविद्युत आयोजना निर्माणको काम शुरू हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS