IME Life New

कम्पनीले स्क्रिनमा समस्या भएका आईफोन डुओ प्रतिस्थापन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एप्पलले बिक्रीमा आएको केही दिनमै स्क्रिनमा समस्या भएका आईफोन डुओ ह्यान्डसेहरु प्रतिस्थापन गर्ने घोषणा गरेको छ। यो स्मार्टफोन लामो समयदेखि प्रतीक्षा गरिएको छ।

यो फोल्ड गर्न मिल्ने फोन हो। जसको मूल्य लगभग भारु ३ लाख छ। यो लगभग २० वर्षमा आईफोनमा गरिएको सबैभन्दा ठूलो डिजाइन परिवर्तन हो।

Esewa
Crest

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरहरुले प्रविधि कम्पनीको पहिलो फोल्ड गर्न मिल्ने फोनको स्क्रिनमा लाइनहरु देखाउँछन्। बेलायतमा फोनको सुरुवाती मूल्य १ हजार ९९९ पाउन्ड हो।

कम्पनीले प्रभावित ग्राहकलाई प्रतिस्थापनको लागि सम्पर्क गर्न आग्रह गरेको छ। आईफोन डुओ गत हप्ता विश्वभरका एप्पल स्टोरहरुमा धेरै धूमधामका साथ लन्च गरिएको थियो। जसले खरिदकर्ताको भीडलाई आकर्षित ग¥यो। यो लन्चसँगै कम्पनीले आफ्नो उपकरण दायरालाई पुनर्जीवित गर्ने र प्रतिस्पर्धी कम्पनीहरुबाट फोल्ड गर्न मिल्ने फोनहरुलाई चुनौती दिने प्रयास गरिरहेको छ।

केही डुओ मालिकहरुले स्क्रिनको केन्द्र क्रिजमा दरारहरु देखाउने तस्बिरहरु अनलाइन पनि पोस्ट गरे। अन्य ग्राहकले फोन खोल्दा चर्कने आवाजको गुनासो गरे। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS