काठमाडौं । शेयर बजार मंगलबार झिनो अंकले बढेको छ। नेप्से परिसूचक ०.९४ अंकले बढेर २६३०.७६ को विन्दुमा पुगेको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ९ वटा घटेका छन्। आज जलविद्युत् समूह सर्वाधिक १.६५ प्रतिशतले बढ्दा जीवन बीमा समूह सर्वाधिक ०.५९ प्रतिशतले घटेको छ।
बजारमा आज १३५ कम्पनीको शेयरभाउ बढेको छ भने १३६ कम्पनीको घटेको छ। यो दिन ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज बजारमा ५ अर्ब ७९ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार घलेम्दी हाइड्रोको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी













