IME Life New

सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो शेयर धितो कर्जाका लागि अनलाइन आवेदन सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको तत्काल वित्तीय आवश्यकता सहज र सरल रूपमा सम्बोधन गर्ने उद्देश्यले शेयर धितो कर्जाका लागि अनलाइन आवेदन सेवा सञ्चालनमा ल्याएको छ।

यस सेवाअन्तर्गत ग्राहकले आफ्नो शेयर धितो राखी बैंकबाट आवश्यक कर्जा लिन सक्नेछन्। बैंकका अनुसार ग्राहकले सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एप BankSmart XP मार्फत शेयर धितो कर्जाका लागि सहज रूपमा अनलाइन आवेदन दिन सक्नेछन्। एपमा Easy Loan > Loan Services > Loan Against Share विकल्पमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

Esewa
Crest

ग्राहकले धितो राख्ने सेयरको कुल मूल्यांकनका आधारमा अधिकतम ७० प्रतिशतसम्म सेयर धितो कर्जा लिन सक्ने बैंकले जनाएको छ। बैंकले यस सुविधाबाट ग्राहकले आफ्नो व्यक्तिगत तथा व्यावसायिक वित्तीय आवश्यकता सहज रूपमा पूरा गर्न सक्ने विश्वास लिएको छ।

छिटो, सुरक्षित र भरपर्दो वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको शेयर धितो कर्जा सेवा सिद्धार्थ बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ। यस सेवाबारे थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मार्फत सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS