IME Life New

हिमालयन लाइफकी सिनियर एजेन्सी म्यानेजर तामाङ ग्लोबल कन्फ्रेन्समा सहभागी हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स विराटनगर शाखाकी गर्विलो नाम, सिनियर एजेन्सी म्यानेजर फुरुमाया तामाङ यही आउँदो अगस्ट २४ देखि २७ तारिखसम्म चीनको मकाउमा आयोजना हुने प्रतिष्ठित MDRT (Million Dollar Round Table) ग्लोबल कन्फ्रेन्समा सहभागी हुने भएकी छन् ।

MDRT विश्वको करिब ७० देशका करिब ७०० वटा कम्पनीको वित्तीय क्षेत्रमा संलग्न शीर्षस्थ व्यक्तिहरूको साझा अन्तर्राष्ट्रिय मञ्च हो, जहाँ सहभागीहरूले अनुभव, ज्ञान र सफलताका कथाहरू आदान–प्रदान गर्दै आपसी सञ्जाल विस्तार गर्छन्।

Esewa
Crest

यस वैश्विक सम्मेलनमा नेपाल प्रतिनिधित्व गर्दै आफ्नो योगदान पुर्‍याउन लागेकी तामाङ बिराटनगरको गर्व र देशको शान बनेकी छन्। उनीले त्याहा गएर नेपालको झन्डा फरफराउने छिन ।

प्रस्थान अघि, हिमालयन लाइफ इन्स्योरेन्सको कोशी प्रदेश कार्यलयले उनलाई नेपालको झन्डा ओढाएर सम्मानपूर्वक विदाइ गरेको थियो।

कार्यक्रममा कोशी प्रदेश प्रमुख रामबहादुर शाहले फुरुमायाको साहस, निष्ठा र समर्पणलाई उच्च प्रशंसा गर्दै भने,नारी केवल परिवारको आधार मात्र होइनन्, उनीहरू समाजको वित्तीय सुरक्षादेखि लिएर राष्ट्रिय पहिचानसम्म चिनाउने शक्तिशाली दूत हुन् ।

त्यसैगरी उप–प्रदेश प्रमुख सुरेन्द्र कुमार कर्णले फुरुमायालाई असाधारण महिला, साहसी व्यक्तित्व र समाजसेवामा समर्पित प्रेरणादायी व्यक्तिको रूपमा अभिव्यक्त गरे ।

फुरुमाया तामाङले विगतमा लगातार ४ पटक एमडीआरटी सदस्यता हासिल गरेकी छन् । साथै, तीन वर्षसम्म निरन्तर नेपालकै पहिलो स्थानमा रहन सफल हुनु उनको अदम्य श्रम, लगनशीलता र आत्मविश्वासको प्रतिक हो।

यस अवसरमा विराटनगर शाखा प्रमुख सन्तोष आचार्यले भने,घर–परिवारको जिम्मेवारी सम्हाल्दै अन्तर्राष्ट्रिय स्तरको मञ्चमा आफैंलाई प्रस्तुत गर्न सक्ने आत्मविश्वास र वातावरण हरेक मानिसमा आत्मविश्वास भई‌ लगनशिल भएर लाग्दा सम्भव छ । एक ग्रामिण भेगबाट साधरण परिवारबाट असाधारण क्षमता प्रस्तुत गर्न सफल फुरुमाया तामाङ त्यसको जीवन्त उदाहरण बनेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS