IME Life New

चन्द्रागिरी हिल्समा सूर्यज्योति लाइफका एमडिआरटी अभिकर्ताको भव्य सम्मान्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमक, सूर्यज्योति लाइफ इन्स्योरेन्सले सन् २०२५ का लागि एमडिआरटी योग्य भएका अभिकर्ताहरूको चन्द्रागिरी स्थित चन्द्रागिरि हिल्स रिजोर्टमा भव्य कार्यक्रमका बीच सम्मान गरेको छ।

वित्तीय सल्लाहकारहरुको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले सन् २०२४ मा गरेको व्यवसायीक लक्ष्य पुरा गर्न सफल अभिकर्तालाई सूर्यज्योति लाइफले गत साता विशेष कार्यक्रम आयोजना गर्दै सम्मान गरेको हो।

Esewa
Crest

इन्स्योरेन्सका अनुसार सन् २०२५ का लागि अभिकर्ताद्वय गौरव कुमार शाही र  दिपक सापकोटा कोर्ट अफ द टेबल उपाधीका लागि समेत योग्य भएका छन्।

अध्यक्ष केशव प्रसाद भट्टराइ

कार्यक्रममा सूर्यज्योति लाइफका अध्यक्ष केशव प्रसाद भट्टराईले कम्पनीले गरेको आर्थिक वृद्धिमा एमडिआरटीका लागि योग्य भएका अभिकर्ताको प्रमुख योगदान रहेको भन्दै कृतज्ञता व्यक्त गरे।

प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री

प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले अन्तराष्ट्रिय स्तरको अभिकर्ताको भेलामा नेपालको प्रतिनिधित्व गर्दै सम्मानित हुने अवसर मिल्ने भएकाले आगामी वर्ष विशेष प्राथामिकता दिई उल्लेख्य संख्यामा एमडिआरटी उत्पादनमा सबै अभिकर्ताको संयुक्त प्रयास हुनुपर्ने अनुरोध गरे। उनले एमडिआरटी जस्तो गरिमामय कार्यक्रमको माध्यमबाट मातृभूती र सूर्यज्योति लाइफलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने अवसर प्राप्त गरेका सम्पूर्ण अभिकर्ताहरुको योगदानका लागि आभार प्रकट गरे।

सूर्यज्योति लाइफको चुक्ता पूँजी रु.५ अर्ब १ करोड, कुल लगानी रु.४२ अर्ब ४२ करोड, जीवन बीमा कोष रु.३८ अर्ब ३ करोड रहेको छ। यसैगरी जारी बीमालेख संख्या ३१ लाख ७२ हजार ५१०, प्रशिक्षित अभिकर्ता संख्या १ लाख १ हजार र शाखा सञ्जाल संख्या १७४  छ।

यो इन्स्योरेन्सले नेपालको जीवन बीमा क्षेत्रमै पहिलो पटक सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको सुविधा भएको राइडर समेत प्रचलनमा ल्याएको हो। बीमा कम्पनीमध्ये अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण पत्र आइएसओ ९००१-२०१५  प्राप्त गर्ने एकमात्र जीवन बीमा कम्पनी हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS