IME Life New

बीमामा पनि डिजिटल प्रणाली कम छैन भन्ने प्रमाण सूर्यज्योति लाइफले दिएको छः सुवेदी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमामा पनि डिजिटल प्रणाली कम छैन भन्ने प्रमाण सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले दिएको बताएका छन्।

काठमाडौंमा आज सूर्यज्योति लाइफको केयर्स कार्ड र ई–कर्जा डिजिटल सेवाको उद्घाटन कार्यक्रममा कार्यकारी निर्देशकले यस्तो धारणा राखेका हुन्। ‘यो उच्च प्रविधियुक्त प्रडक्ट निर्माण गर्ने जुन यात्राको थालनी सूर्यज्योति लाइफले गरेको छ, यो अत्यन्तै प्रशंसनीय र कदरयोग्य छ’, उनले भने, ‘यो कम्पनीको मिसन सफल होस्। आगामी दिनमा पनि यस्ता राम्रो गतिविधि गर्न सक्नुहोस्। नवप्रवर्द्धन र नवीनतम चिजको आविष्कार विस्तार विकासमा बीमा प्राधिकरण सदैव बीमा कम्पनीहरुका साथमा उभिएको छ।’

Esewa
Crest

कार्यकारी निर्देशक सुवेदीले यस्ता विषयमा बीमा प्राधिकरणले आफ्नो अभिभाकत्व निर्वाह गर्ने पनि बताए। ‘फेसिलेटरको भूमिकामा बसेर सहयोग गर्नेछ’, उनले भने।

सूर्यज्योति लाइफले २–३ वर्षअगाडि ल्याएको एउटा प्रडक्टले बजारमा निक्कै चर्चा पाएको पनि सुवेदीले उल्लेख गरे। ‘मलाई फेरि त्यही दिनको याद आयो’, उनले भने, ‘आज लन्च भएका सेवाहरु धेरै देशहरुमा चलनचल्तीमा आइसकेको छ, आज नेपालमा पनि सुरुआत भएको छ।’

कम्पनीले विद्युतीय माध्यमबाट कर्जा दिने सुविधाले बीमितको लागत पनि घटाउने र समय पनि बचाउने सुवेदीको भनाइ थियो। ‘विद्युतीय प्रणालीमा बीमा कम्पनीहरु अगाडि बढ्नका लागि प्राधिकरणले सधैँ साथ र सहयोग गर्नेछ, त्यो हाम्रो नीति नै रहन्छ’, उनले भने।

कार्यकारी निर्देशक सुवेदीले एउटा ५ लाखको सीमा र ५० हजारको सीमा पुनरावलोकन गर्न कम्पनीलाई सुझाव दिए। ‘त्यस्तै ५० रुपैयाँले अहिलेको जामानामा केही गर्दैन, त्यो छोड्दिनु भए हुन्छ’, उनले भने, ‘बरु आगामी दिनमा प्रडक्ट डिजाइन गर्दा टेक्निकल लोडमै ५० रुपैयाँ लोड गरे हुन्छ तर सर्वसाधारणले देख्ने गरी तिमीसँग ५० रुपैयाँ लिएको छु है भन्ने गरी नभनिदिए राम्रो हुन्छ।’

‘कम्पनीले ल्याएको दुवै प्रडक्ट राम्रा छन्’, उनले भने, ‘सफलता पाओस् यही शुभकामना छ। कम्पनीको सफलतामा साथ दिन प्राधिकरण सदैव तत्पर छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS