काठमाडौं । पछिल्लो समय जन्मदिन फरक ढङगले मनाउने प्रचलन बढेको छ । पहिला पहिला होटल तथा रेष्टुरेन्टमा गएर खाएर साथीभाईलाई खुवाएर मनाउने गरिन्थो । अहिले भने बीमा पोलिसी खरिद गर्ने वा उपहार स्वरुप अरुलाई दिने प्रचलन बढेको हो ।
यसैबीच पोखरिया वडा नम्बर ०१, पर्सा बस्ने सुनिल कुमार कुर्मीले सन नेपाल लाइफ इन्स्योरेन्स पोखरिया शाखाबाट आफ्नो छोरा क्षितिजको जन्मदिनको अवसरमा बीमा उपहार दिएका हुन् ।
जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिने ,लिने चलन बढेको भन्दै सुरक्षा र बचत गर्न नगद र जिन्सी सामान दिनु भन्दा जीवन बीमालेख उपहार दिँदा जिन्दगी भर उपयोग आउनुको साथै सुरक्षित बचत र दीर्घकालीन बचतमा प्रोत्साहन मिल्ने बताएका छन् ।












