IME Life New

धितोपत्र बोर्डबाट सन नेपाल लाइफले पायो हकप्रद शेयर जारी गर्ने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले सन नेपाल लाइफलाई हकप्रद जारी गर्न अनुमति दिएको हो। कम्पनीले हाल कायम चुक्तापुँजीको १ः०.२७ को अनुपातमा अर्थात २७ प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको हो।

Esewa
Crest

अब कम्पनीले हाल कायम चुक्तापुँजीको अब १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्नेछ।

हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार पुग्नेछ। जुन नियामकीय निकाय नेपाल बीमा प्राधिकरणले जीवन बीमकका लागि तोकेको न्यूनतम ५ अर्ब रुपैयाँभन्दा बढी हुनेछ।

सन नेपाल लाइफको हकप्रद बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS