IME Life New

सोलु हाइड्रोपावरको आइतबारबाट कारोबार आउने, कति पायो ओपनिङ रेन्ज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोलु हाइड्रोपावरको शेयर दोस्रो बजारमा आउँदो आइतबारबाट कारोबारमा आउने भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सोल हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आइपीओ सूचीकृत भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट दोस्रो बजारमा कारोबार हुने नियम रहेको छ। तर भोलि शुक्रबार भएकोले यो कम्पनीको शेयर आइतबारबाट कारोबारमा आउने भएको हो।

Esewa
Crest

नेप्सेमा सोलु हाइड्रोपावरको १० करोड कित्ता सूचीकृत भएको छ। जसमा संस्थापकको ८० प्रतिशत अर्थात ८ करोड कित्ता र सर्वसाधारणको २० प्रतिशत अर्थात २ करोड कित्ता रहेको छ।

नेप्सेले सोलु हाइड्रोपावरलाई ‘एसओएचएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

यदि स्पेसल प्रि–ओपन सेसनमा यदि यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

सोलु हाइड्रोपावरले गत पुस २९ गतेबाट माघ ४ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। आइपीओ बाँडफाँट भने धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङमा माघ १२ गते भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS