IME Life New
GBIME

हालसम्म २१ बीमा कम्पनीहरुले घोषणा गरे लाभांश, कुनले कति दिँदैछन् बोनश र नगद ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८०।८१ का लागि हालसम्म २१ वटा बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । जसमध्ये ११ वटा जीवन बीमा कम्पनी र १० वटा निर्जीवन बीमा कम्पनी छन् । लाभांश घोषणा गर्नेमा जीवन बीमातर्फ एशियन लाइफ, हिमालयन लाइफ, एलआईसी नेपाल, नेशनल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ, आइएमई लाइफ इन्स्योरेन्स, नेपाल लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

निर्जीवन तर्फ यूनाइटेड अजोड इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेको इन्स्योरेन्स र शिखर इन्स्योरेन्स छन् । यी कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

Crest

एशियन लाइफ इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि हाल कायम चुक्तापुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको कुल ५.३६८४ प्रतिशतले हुन आउने १८ करोड २५ लाख १७ हजार ५२८ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा ५.१० प्रतिशतले हुन आउने १७ करोड ३३ लाख ९१ हजार ६५२ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२६८४ प्रतिशतले हुन आउने ९१ लाख २५ हजार ८७६ रुपैयाँबराबरको नगद लाभांश छन्।

एलआइसी नेपाल
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले आर्थिक वर्ष २०८०।८१ को नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्तपुँजी ५ अर्ब रुपैयाँको कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीले असार ३० गते २३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले असार १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार १५ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

हिमालयन लाइफ इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँको ८ प्रतिशतले हुन आउने ७३ करोड १४ लाख ५८ हजार ९८४.४८ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरणा गर्ने प्रस्ताव गरेको छ। कम्पनीले आफ्नो १८औं वार्षिक साधारण सभा असार १० गते गर्ने भएको छ । कम्पनीले  बुक क्लोज गरिसकेको छ ।

नेशनल लाइफ इन्स्योरेन्स
नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।  कम्पनीले प्रस्ताव गरेको सो नगद लाभांश र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि भने ०.७८९४७३ प्रतिशतका दरले नगद लाभांश समायोजन गर्ने जनाएको छ । कम्पनीले साधारण सभा सम्पन्न गरिसकेको छ ।

रिलायबल नेपाल लाइफ
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीको बैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशतका दरले बोनश शेयर तथा लाभांशमा लाग्ने कर प्रयोजनका लागि ० दशलमव ६३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको । कम्पनीले साधारण सभा सम्पन्न गरिसकेको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश छन् । कम्पनीले आठौँ वार्षिक साधारण सभा जेठ २६ गते सम्पन्न गरिसकेको छ ।

आइएमई लाइफ इन्स्योरेन्स
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुका लागि आकर्षक प्रतिफल घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको २१.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले वार्षिक साधारण सभा पनि सम्पन्न गरिसकेको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरणयोग्य लाभांशबापत चुक्तापुँजीको कुल ९.२४८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश छन् । कम्पनीको साधारण सभा सम्पन्न भइसकेको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स
कम्पनीले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा कम्पनीले २० प्रतिशत नै नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यस कम्पनीले साधारणसभा पनि सम्पन्न गरिसकेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स
कम्पनीले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण गर्नेछ भने ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले २५ औँ वार्षिक साधारणसभा माघ २८ गते सम्पन्न गरिसकेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०८०।८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २८.४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा २६.९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश छन्। कम्पनीले साधारण सभा पनि सम्पन्न गरिसकेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स
हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको ८.७५ प्रतिशत नगद (लाभांशमा लाग्ने कर समेत) लाभांश दिने निर्णय गरेको छ । कम्पनीले साधारणसभा सम्पन्न गरिसकेको छ ।

सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी
कम्पनीले हाल कायम चुक्तापुँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ दिने निर्णय गरेको हो। कम्पनीले चैत २१ गते साधारण सभा सम्पन्न गरिसकेको छ ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स
कम्पनीले हाल कायम चुक्तापुँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको छ । कम्पनीले आफ्नो २७ औँ वार्षिक साधारणसभा फागुन २५ गते सम्पन्न गरिसकेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्तापुँजीको ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीले फागुन १५ गते ३१ औँ वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ ।

शिखर इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३०० रुपैयाँको कुल १०.५२६३ प्रतिशतले हुन आउने २७ करोड ९४ लाख ६८ हजार १३७ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा १० प्रतिशतले हुन आउने २६ करोड ५४ लाख ९४ हजार ७३० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँ नगद लाभांश छन् । कम्पनीले आफ्नो २० औँ वार्षिक साधारणसभा फागुन १३ गते सम्पन्न गरिसकेको छ ।

नेपाल इन्स्योरेन्स
कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले चैत १९ गते, मंगलबार, ७६ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ । जसअनुसार कम्पनीले शेयरधनीहरुलाई ३९ करोड ३३ लाख ९५ हजार ७३० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । कम्पनीले वैशाख २८ गते वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

नेको इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ७।३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०।३६८४ प्रतिशत नगद लाभांश छन् ।जेठ ९ गते साधारण सभा सम्पन्न गरिसकेको छ ।

एनएलजी इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०८०।८१ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९२० रुपैयाँको कुल २.६३१५७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा २.५ प्रतिशतले हुन आउने ६ करोड २५ लाख ६६ हजार ४४८ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.१३१५७९ प्रतिशतले हुन आउने ३२ लाख ९२ हजार ९७१ रुपैयाँबराबरको नगद रहेको छ । कम्पनीले साधारण सभा पनि सम्पन्न गरिसकेको छ ।

यूनाइटेड अजोड इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर र सो कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । साधारण सभा तथा बुक क्लोज मिति तय गरेको छैन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS