IME Life New

सिंगटी हाइड्रोले डाक्यो साधारणसभा, हकप्रद शेयर मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले आफ्नो सातौँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिले साधारणसभा आउँदो पुस २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको धुम्बाराहीस्थित धुम्रबराह भेन्युमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले कम्पनीको हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने मुख्य प्रस्ताव पारित गर्नेछ। सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस शेयर पनि अनुमोदन गर्नेछ।

बोनस शेयर वितरणपछि हाल कायम चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले गत आर्थिक वर्ष वार्षिक तथा लेखापरीक्षकको वित्तीय विवरण स्वीकृत गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पनि अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनार्थ कम्पनीले आउँदो पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS