IME Life New

श्रेष्ठ दम्पतीले छोरीको जन्मदिनमा दिए बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय जन्मदिनमा परम्परागत उपहारहरूभन्दा भिन्न र दीर्घकालीन वित्तीय सुरक्षा सम्बन्धी उपहार दिने प्रवृत्ति बढ्दै गएको छ। जसमा पनि जीवन बीमा पोलिसी जस्ता दीर्घकालीन सुरक्षाका माध्यमहरू उपहारको रूपमा लोकप्रिय बन्दै गइरहेका छन्।

यही क्रममा काभ्रे र‍ोशी गाउँपालिका ११ निवासी हेमलाल श्रेष्ठ (रुपक) र कविता रुचाल मगर श्रेष्ठले आफ्नी छोरी अपेक्षा श्रेष्ठक‍ो पहिलो जन्मदिनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी, बनेपा शाखाबाट १० लाख रुपैयाँको जीवन बीमा पोलिसी उपहार दिएका छन्।

Esewa
Crest

छोरीको बीमा गर्दा एउटै प्रिमियमले आफ्नो समेत बीमा हुने भएकोले उक्त योजना छनौट गरेको श्रेष्ठले बताए। उनले यो उपहारले भविष्यमा आर्थिक सुरक्षाको ग्यारेन्टी गर्ने र भविष्यमा छोरी उच्चशिक्षा हासिल गर्न, व्यवसाय गर्न,बिहेवारी गर्न समेत सजिलो हुने भएकोले महत्त्वपूर्ण हुने बताए।

एजेन्सी म्यानेजर अशोक बुद्ध लामाले यस्तो दीर्घकालीन सोचले भरिएको उपहार दिनु प्रेरणादायी रहेको भन्दै बुबा आमाले छोरीप्रति देखाएको माया, ममता र भविष्य सुरक्षाको योजनाका लागि श्रेष्ठ परिवारलाई बधाई दिए। साथै उनले अनावश्यक खर्चको साटो वित्तीय सुरक्षासम्बन्धी उपहार दिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS