IME Life New

शिखर इन्स्योरेन्सको कुल व्यापार ६ अर्ब २१ करोड माथि, खुद बीमाशुल्क आर्जन पनि १०.७९% ले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीका नाफा घटेको छ ।

३ अर्ब १० करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको समीक्षा अवधिमा विशेष जगेडामा १ अर्ब ९८ करोड २६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७ करोड ९८ लाख रुपैयाँ र अन्य इक्विटीमा ६२ करोड १६ लाख रुपैयाँ रहेको छ।

Esewa
Crest

अघिल्लो वर्ष विशेष जगेडामा १ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ११ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २१ करोड ४ लाख रुपैयाँ र अन्य इक्विटीमा ५९ करोड ८३ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीले ६ अर्ब २१ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ६२ करोड ९९ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन १० दशमलव ३२ प्रतिशतले बढेको हो ।

समीक्षा वर्षमा कम्पनीले १ अर्ब ९५ करोड खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन पनि १० दशमलव ७९ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थिया

समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४ अर्ब २५ करोड ६२ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३ अर्ब ८६ करोड २७ लाख रुपैयाँ खर्चिएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले यस सीमक्षा अवधिमा पुनर्बीमा मार्फत बढी रकम खर्चिएको हो ।

यस समीक्षा अवधिमा कम्पनीले १३ करोड माथि खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ४५ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस समीक्षा अवधिमा कम्पनीको नाफा घटेको हो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ४ रुपैयाँ १९ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ ९५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS