IME Life New

शिखर इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ३२ प्रतिशतले बढ्यो, प्रति शेयर आम्दानी कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१ र८२ को चौथोे त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा कम्पनीको अधिकांश सूचक बढेको छ ।

२ अर्ब ९२ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको समीक्षा अवधिसम्ममा रिटेन्ड अर्निङमा २१ करोड १७ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ६० करोड ६६ लाख रुपैयाँ रहेको छ । समीक्षा वर्षसम्म कम्पनीको महाविपत्ति कोषमा १६ करोड ७ लाख रुपैयाँ रहेको छ । स्पेसल रिर्जभमा १ अर्ब ९१ करोड रहेको छ ।

Crest

अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा २८ करोड ७५ लाख रुपैयाँ रहेको थियो । अन्य इक्विटीमा ५९ करोड २३ लाख रुपैयाँ रहेको थियो । महाविपत्ति कोषमा १३ करोड ८१ लाख रुपैयाँ रहेको थियो । स्पेसल रिर्जभमा १ अर्ब ६८ करोड रहेको थियो ।

समीक्षा वर्षमा कम्पनीले ५ अर्ब ७० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब २५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको हो ।

यस समीक्षा वर्षमा कम्पनीले पुनर्बीमा मार्फत ३ अर्ब ९९ करोड रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९६ करोड रुपैयाँ खर्चिएको थियो ।

कम्पनीले समीक्षा वर्षमा १ अर्ब ७१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब २९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३२ प्रतिशतले बढेको हो ।

वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनीले ४५ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४४ करोड ५३ लाख नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा सामान्य बढेको हो ।

समीक्षा वर्षमा कम्पनीको प्रति शेयर आम्दानी १५ रुपैयाँ ४९ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ४९.९५ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १९८रुपैयाँ ९७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS