IME Life New

तीन वर्षमा बीमा कम्पनीले थपे १ लाख २६ हजार बीमा अभिकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमामा आममान्छेको पहुँच सुनिश्चित गर्ने लक्ष्यमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका बीमा अभिकर्ताको पेसामा नवप्रवेशीको संख्या ३ वर्षको अवधिमा उल्लेख्य बढेको छ।

नेपाल बीमा प्राधिकरणले पेसामा व्यावसायिकता प्रवर्द्धनका लागि अभिकर्ता इजाजतपत्र वितरण, इजाजतपत्र शुल्क नवीकरण, आचारसंहिता पालनालगायतका विषयमा नीतिगत रुपमा कडाइ गरे पनि पछिल्लो ३ वर्षमा अभिकर्ता संख्या २ लाख ७७ हजारबाट थपिएर ४ लाखको आँकडा पार गरिसकेको छ।

Esewa
Crest

बीमा अभिकर्ताको संख्या व्यापक रुपमा वृद्धि भई आर्थिक वर्ष २०८१।८२ करिब ४ लाख ४ लाख ४ हजार ५६४ जना बीमा अभिकर्ता कार्यरत रहेको देखिन्छ। आर्थिक वर्ष २०८१।८२ मा जीवन बीमातर्फ ८२ हजार ४८१ वटा नयाँ इजाजतपत्र जारी गरिएको छ। यो तथ्यांकले गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरु अभिकर्ता उत्पादनमा सक्रिय भएको देखिन्छ।

स्रोतः नेपाल बीमा प्राधिकरण

आर्थिक वर्ष २०८१।८२ को असारसम्मा पुरुष अभिकर्ता १ लाख ९७ हजार ३३१ र महिला अभिकर्ता २ लाख ७ हजार २३३ रहेका छन्। यसैगरी आर्थिक वर्ष २०८१।८२ मा निर्जीवन बीमातर्फ ९०३ जना, लघु जीवनतर्फ २ हजार २४८ जना र लघु निर्जीवनतर्फ १०८ जनालाई नयाँ इजाजतपत्र जारी गरेको छ। यो अवधिमा १ हजार ३७५ जना बीमा अभिकर्ताको इजाजतपत्र खारेज भएको छ।

स्रोतः नेपाल बीमा प्राधिकरण

बीमा व्यवसायमा बीमा अभिकर्ताको अहम भूमिका रहन्छ। उनीहरुले ग्राहक र बीमा कम्पनीबीच सेतु((पुल)को मात्र काम गर्ने नभएर बीमाको सेवा विस्तारमा समेत महत्वपूर्ण योगदान दिँदै आएका छन्। सुगमदेखि दुर्गम गाउँ–ठाउँसम्म ग्राहकको घरदैलोमै पुगेर बीमाको आवश्यक्ता र महत्वबारे बुझाउने, बीमाका लागि प्रेरित गर्ने, अनिवार्य बचत गर्ने बानीको विकास गराउने, जोखिम बहनको सुनिश्चितता गर्ने, पैसाको व्यवस्थापन गर्ने सीप सिकाउने, बीमा दाबीका लागि सहजीकरण गरिदिने सेवा अभिकर्ताले दिन्छन्।

बीमा अभिकर्ताले दिने सेवा र गरेको मेहनतको पारिश्रमिकबापत बीमाशुल्कको निश्चित प्रतिशत रकम कमिशन प्राप्त गर्छन्। यही कमिसनबापतको रकम नै उनीहरुको जीविकोपार्जनको आधार हो।

हाम्रो समाजमा सार्वजनिक क्षेत्रमा हुने खरिद बिक्री ठेक्कापट्टामा व्याप्त ‘कमिसन’ शब्द घुसको पर्याय बनेका लागि सर्वसाधारणले यो शब्दलाई रुचाउँदैनन्। र, अभिकर्ताले बीमित र बीमा कम्पनीकोका लागि काम गरेबापत कमिसन आम्दानी गर्छन् भन्दा नाक खुम्च्याउने काम हुन्छ। बीमा अभिकर्ताको महत्व बीमितले वा तिनको आश्रित परिवारजनले त्यतिखेर मात्र अनुभव गर्छन्, जति बेला बीमाको दाबी भुक्तानी दिलाउन अभिकर्ताले बीमितको पक्षमा वकालत गर्छ। बीमित पक्षलाई आपत परेका बेला बीमा कम्पनीबाट दाबी भुक्तानी दिलाएर राहात दिलाउँदा अभिकर्ताप्रतिको सम्मानले बीमित पक्ष शिर निहुर्याउन बाध्य हुन्छन्।

कक्षा १२ सम्मको औपचारिक शिक्षा पूरा गरेको जोसुकै नेपाली नागरिक, जुनसुकै उमेरमा अभिकर्ता इजाजतपत्रका लागि आवेदन दिन, तालिम लिएर अभिकर्ता बन्न र काम गर्न योग्य हुन्छन्। अभिकर्ता इजाजतपत्रको तालिम, परीक्षा शुल्क, नियमन शुल्क र इजाजतपत्र शुल्कसहित ३ हजार रुपैयाँ दस्तुर तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS