IME Life New

हकप्रद शेयर निष्कासनको अजेन्डा वार्षिक साधारणसमा लैजाने नेपाल रिको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)ले हकप्रद शेयर निष्कासनको अजेन्ड आगामी वार्षिक साधारणसभामा लैजाने निर्णय गरेको छ।
कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले हकप्रद शेयर निष्कासनको अजेन्डा आगामी वार्षिक साधारणसभा स्वीकृतिका लागि लैजान निर्णय गरेको हो।

हाल नेपाल रिको चुक्तापुँजी १३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ। अब नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्यूनतम चुक्तापुँजी २० अर्ब रुपैयाँ पुर्याउन कम्पनील सोहीबमोजिम हकप्रद शेयर निष्कासनको प्रक्रिया अगाडि बढाउनेछ।

Esewa
Crest

यसअघि गत कात्तिक १७ गते बसेको मन्त्रिपरिषदको बैठकले सरकारले नेपाल रिमा लगानी थप्ने निर्णय गरेको थियो। यो निर्णयसँगै पुँजी वृद्धिका लागि हकप्रद शेयर निष्कासनको बाटो खुला भएको हो।

सरकारले नेपाल रिको हकप्रदमा १ अर्ब रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ। जुन सरकारको शेयर स्वामित्व विद्यमान प्रतिशत ४३.०३९ प्रतिशत नघट्ने गरी कायम हुनेछ।

सरकारले पुँजी थप्ने सैद्धान्तिक सहमति दिएसँगै कम्पनीको वित्तीय आधार अझ सुदृढ हुने विश्वास गरिएको छ। यसले कम्पनीको जोखिम सुरक्षण बहन क्षमतालाई व्यापक रूपमा बढाउनेछ भने अन्तर्राष्ट्रिय तथा स्वदेशी बजारमा कम्पनीको विश्वसनीयता थप उचाइमा पुग्नेछ।

स्वदेशी पुनर्बीमा कम्पनीको क्षमता विस्तार हुँदा देशका ठूला पूर्वाधार, जलविद्युत् तथा औद्योगिक परियोजनाहरूको जोखिम स्वदेशमै थन्क्याउन मद्दत पुग्ने र विदेशिने प्रिमियम रकममा समेत कमी आउने अर्थतन्त्रका जानकारहरू बताउँछन्।

बीमा प्राधिकरणको नियामकीय निर्देशन बमोजिम चुक्ता पुँजी पुर्‍याउन दबाबमा रहेको यस कम्पनीका लागि सरकारको यो निर्णय महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुनेछ। अब यसको औपचारिक कार्यान्वयन र सेयर लगानीको मोडालिटीबारे थप विवरण आउने अपेक्षा गरिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS