IME Life New

बीमा क्षेत्रमै बीमितलाई उच्च बोनस दिने कम्पनी बन्यो नेशनल लाइफ, न्यूनतम रु. ६०-८५ सम्म

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१।८२ का लागि बोनसदर घोषणा गरेको छ।

कम्पनीको आर्थिक वर्ष २०८१।८२ को बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएअनुरुप कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस लिने) गरी जारी बीमालेखहरुमा नयाँ बोनसदर सार्वजनिक गरेको हो। कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ। योसँगै लगातार २–३ वर्षदेखि नेशनल लाइफ बीमा क्षेत्रमै आफ्ना बीमितलाई उच्च बोनस दिने कम्पनी बनेको छ।

Esewa
Crest

सावधिक जीवन बीमा योजना

सावाधिक जीवन बीमालेखमा कम्पनीले न्यूनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ। कम्पनीले प्रतिहजार ५ देखि १४ वर्षसम्मको अवधिका लागि ६४ रुपैयाँ, १५ देखि २० वर्षसम्मको अवधिका लागि ६४ रुपैयाँ, २१ देखि २५ वर्षसम्मको अवधिका लागि ७० रुपैयाँ, २६ वर्ष वा सोभन्दा माथि अवधिका लागि ८५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ। कम्पनीले १५ देखि २० वर्ष अवधिको बीमालेख ८९ हजार ७३८ वटा बिक्री गरेको छ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको हकमा कम्पनीले प्रतिहजार ५ देखि १४ वर्ष अवधि, १५ देखि २० वर्ष अवधि र २१ देखि २५ वर्षसम्मको अवधिका लागि समान ६० रुपैयाँ बोनसदर कायम गरेको छ। कम्पनीले १५ देखि २० वर्ष अवधिको बीमालेख ४९ हजार ३५५ वटा बिक्री गरेको छ।

सावधिक तथा आजीवन बीमालेख

सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्यूनतम ६० रुपैयाँदेखि ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ। यस बीमालेखमा कम्पनीले प्रतिहजार ५ देखि १४ वर्षसम्मको अवधिका लागि ६० रुपैयाँ, १५ देखि २० वर्षसम्मको अवधिसम्मका लागि ६० रुपैयाँ, २१ वर्षदेखि २५ वर्षसम्मको अवधिका लागि ७० रुपैयाँ, २६ वर्ष वा सोभन्दा माथि अवधिका लागि पनि ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ। कम्पनीले १५ देखि २० वर्ष अवधिको बीमालेख ९४ हजार २६६ वटा बिक्री गरेको छ।

बाल अमृत सावधिक जीवन बीमालेख

यस योजनामा प्रतिहजार ५ देखि १४ वर्ष र १५ देखि २० वर्षसम्मका लागि समान ६० रुपैयाँ बोनसदर कायम गरेको छ।

अग्रिम भुक्तानी आजीवन बीमालेख

यस बीमालेखमा कम्पनीले प्रतिहजार ५ देखि १४ वर्ष, १५ देखि २० वर्ष र २१ वर्षदेखि २५ वर्षसम्मका लागि एउटै ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%
happy

खुसी

6%
sad

दु :खी

0%
amazed

अचम्मित

6%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS