IME Life New

नेपाल लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम रु. ८५ पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले कम्पनीले आर्थिक वर्ष २०८१।८२ का लागि बोनसदर घोषणा गरेको छ। कम्पनीले बीमितलाई प्रतिहजार न्यूनतम ५५ रुपैयाँदेखि अधिकतममा ८५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ।

उक्त आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी प्रतिवेदन नेपाल बीमा प्राधिकरणको मङ्सिर २३ गतेको पत्रबाट स्वीकृत भई आएको कम्पनीले जनाएको छ। कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस आर्जन गर्ने) गरी जारी गरिएको सबै किसिमका जीवन बीमालेखअन्तर्गत नयाँ बोनसदर लागू हुने कम्पनीले जनाएको छ।

Esewa
Crest

सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावाधिक लघु, केटाकेटी बाल शिक्षा योजना, जीवन लक्ष्मी, अनमोल जीवन, जीवन उदय एकल)

यो बीमालेखमा प्रतिहजार ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ तथा २१ देखि २५ वर्ष अवधिका लागि ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८२ रुपैयाँ र ३० वर्ष माथि अवधिका लागि ८२ रुपैयाँ कायम गरेको छ।

सावाधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटी जीवन बीमा)

यस बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्षका लागि प्रतिहजार ६५ रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८२ रुपैयाँ र ३० वर्ष बढी अवधिका लागि प्रतिहजार ८२ रुपैयाँ कायम गरेको छ।

सावाधिक जीवन बीमालेख (जीवन समुनन्त)

यस योजनामामा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि ५६ रुपैयाँ तथा २१ देखि २५ वर्ष अवधिका लागि ६० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ७० रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिका लागि प्रतिहजार ७० रुपैयाँ कायम भएको छ।

सावाधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना–विकल्प १/विकल्प २)

यस बीमोलखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि ६० रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि ६२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ६५ रुपैयाँ र ३० वर्ष माथि अवधिका लागि प्रतिहजार ६५ रुपैयाँ कायम भएको छ।

सावाधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना–विकल्प १, एकल बीमाशुल्क)

यस योजनामा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि ५७ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ६० रुपैयाँ र ३० वर्ष माथि अवधिका लागि प्रतिहजार ६० रुपैयाँ कायम भएको छ।

सावधिक जीवन बीमालेख (केटाकेटी सुनौलो भविष्य, जीवन बीमा योजना)

यस योजनामा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि ६२ रुपैयाँ कायम भएको छ।

सावाधिक तथा आजीवन बीमालेख (जीवन साहारा, अनमोल जीवन)

यस बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ तथा २१ देखि २५ वर्ष अवधिका लागि प्रतिहजार ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८२ रुपैयाँ र ३० वर्ष माथि अवधिका लागि प्रतिहजार ८२ रुपैयाँ कायम भएको छ।

अग्रिम भुक्तानी सावाधिक बीमालेख (जीवन समृद्धि)

यस बीमा योजनामा १५ वर्षे अवधिका लागि बीमितले प्रतिहजार ५६ रुपैयाँ र २० वर्षे अवधिका लागि ५६ रुपैयाँ बोनस पाउनेछन्।

अग्रिम भुक्तानी सावधिक (धन वर्षा–१५, धन वर्षा–२०, नौलो जीवन समृद्धि, जीवन उन्नति, नौलो धन वर्षा, जीवन शान्ति, छोराछोरी र सदाबहार जीवन)

यस योजनामा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष, १६ देखि २० वर्ष, २१ देखि २५ वर्ष, २६ वर्षदेखि ३० वर्ष र ३० वर्ष माथि अवधिका लागि प्रतिहजार ५६ रुपैयाँ दिनेछ।

अग्रिम भुक्तानी सावधिक बीमालेख (नौलो जीवन सम्बृद्धि)मा

यस योजनामा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष, १६ देखि २० वर्ष, २१ देखि २५ वर्ष अवधि, २६ वर्षदेखि ३० वर्ष र ३० वर्ष माथि अवधिका लागि प्रतिहजार ५६ रुपैयाँ कायम भएको छ।

अन्य (जीवन सारथी)

यस बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजार ६२ रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८५ रुपैयाँ र ३० वर्ष माथि अवधिका लागि ८५ रुपैयाँ कायम भएको छ।

कम्पनीको आगामी बीमांकीय मूल्यांकन नभएसम्मका लागि अन्तरिम बोनसदर उपरोक्तबमोजिम कायम गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

11%
excited

उत्साहित

22%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS