IME Life New

निफ्रामा आइएमईको स्वामित्वमा रहेको पौने ११ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)मा आइएमई लिमिटेडको स्वामित्वमा रहेको पौने ११ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

निफ्रामा आइएमईको स्वामित्वमा रहेको १० लाख ८० हजार कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा निफ्राका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ कायम गरिएको छ। इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुलाई न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।

शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको बानेश्वरस्थित निफ्राको रजिस्टर्ड कार्यालयमा पेस गर्नुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने निफ्राले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS