IME Life New

नेपालमा बीमा घनत्व झन्डै १४% ले बढ्यो, प्रतिव्यक्ति घनत्व रु. ७३३०

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको प्रतिवेदन अनुसार, गत आर्थिक वर्ष २०८१/८२  मा प्रति व्यक्ति बीमा घनत्वमा १३.७४ प्रतिशतले वृद्धि भएको छ।

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८१।८२ मा प्रतिव्यक्ति बीमा घनत्वमा १३.७४ प्रतिशतले वृद्धि भएको छ।

Esewa
Crest

आर्थिक वर्ष २०८०।८१ मा बीमा घनत्व प्रतिव्यक्ति ६ हजार ४४४.९४ रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष २०८१।८२ मा बढेर प्रतिव्यक्ति ७ हजार ३३०.२९ रुपैयाँ पुगेको हो। प्रतिव्यक्ति बीमा घनत्वको गणना कुल संकलित बीमाशुल्क र कुल जनसंख्याबीचको अनुपातका आधारमा गरिन्छ।

Insurance Penetration=Total Premiums Collected ÷ Gross Domestic Production

(बीमा घनत्व=कुल बीमाशुल्क÷कुल गार्हस्थ उत्पादन)

जीवन र निर्जीवन बीमाको घनत्वका आधारमा विभाजन गर्दा जीवन बीमातर्फ प्रतिव्यक्ति घनत्व निर्जीवन बीमाको तुलनामा झनडै चारगुणा बढी छ। वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा जीवन बीमातर्फ बीमा घनत्व प्रतिव्यक्ति ५ हजार ८८१.१६ रुपैयाँ र निर्जीवन बीमातर्फ प्रतिव्यक्ति बीमा घनत्व १ हजार ४४९.१३ रुपैयाँ रहेको छ।

जीवन बीमातर्फ बीमा घनत्व अघिल्लो आर्थिक वर्षको प्रतिव्यक्ति ५ हजार १४७.२४ रुपैयाँबाट गत आर्थिक वर्षमा १५.२९ प्रतिशत वृद्धि भएको हो। निर्जीवन बीमामा अघिल्लो आर्थिक वर्षको १ हजार ३००.३३ रुपैयाँबाट गत आर्थिक वर्षमा १२.४५ प्रतिशतको वृद्धि देखिएको छ।

जीवन बीमालेख बिक्री संख्याका आधारमा गत आर्थिक वर्षमा जीवन बीमाको दायरा ४८.३३ प्रतिशत जनसंख्यामा पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यो ४३.२७ प्रतिशत रहेको थियो। वैदेशिक रोजगार म्यादी जीवन बीमालेखको संख्या हटाउँदा जीवन बीमाको दायरा गणना गर्दा गत आर्थिक वर्षमा ३९.९९ प्रतिशत जनसंख्या जीवन बीमाको दायरामा आएको देखिन्छ। अघिल्लो आर्थिक वर्षमा यो ३६.५३ प्रतिशत रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS