IME Life New

प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर घोषणा, बीमितलाई कुन योजनामा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१।८२ का लागि नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीको आर्थिक वर्ष २०८१।८२ को आर्थिक लेखाजोखा तथा दायित्व मूल्यांकनसम्बन्धी बीमांकीबाट तयार गरिएको बीमांकी प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई २०८२ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने जीवन बीमालेखहरुमा दिने बोनसदर प्रतिहजार न्यूनतम २३ रुपैयाँदेखि ७३ रुपैयाँसम्म घोषणा गरिएको हो।

सावधिक जीवन बीमालेख

Esewa
Crest

सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्यूनतम ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कामय गरेको छ। प्रतिहजार ० देखि ९ वर्षसम्म अवधिका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्षसम्म अवधिका लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्षसम्म अवधिका लागि ४० रुपैया, २० देखि २४ वर्ष अवधिको लागि ५१ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ। यसमा सबैभन्दा बढी १५ देखि १९ वर्षसम्म अवधिको ३८ हजार ७४४ वटा बीमालेख बिक्री भएको छ।

सावाधिक तथा आजीवन बीमा योजना

यस बीमालेखमा कम्पनीले न्यूनतम ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनसदर कामय गरेको छ। प्रतिहजार ० देखि ९ वर्षसम्म अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षसम्म अवधिका लागि ३८ रुपैयाँ, १५ देखि १९ वर्षसम्म अवधिका लागि ४३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५४ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ७३ रुपैयाँ बोनसदर कायम गरेको छ। यसमा सबैभन्दा बढी १५ देखि १९ वर्षसम्म अवधिको १ हजार २१५ वटा बीमालेख बिक्री भएको छ।

अग्रिम भुक्तानी सावाधिक

यस बीमालेखमा कम्पनीले न्यूनतम ३५ रुपैयाँदेखि ५१ रुपैयाँसम्म बोनसदर कामय गरेको छ। यस बीमालेखमा प्रतिहजार ० देखि ९ वर्षसम्म अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षसम्म अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षसम्म अवधिका लागि ४० रुपैयाँ र २० देखि २४ वर्ष अवधिको लागि ५१ रुपैयाँ बोनसदर कायम गरेको छ। यसमा सबैभन्दा बढी १५ देखि १९ वर्षसम्म अवधिको १ हजार ५१४ वटा बीमालेख बिक्री भएको छ।

अग्रिम भुक्तानी सावधिक (समुन्नति)

यस बीमालेखमा कम्पनीले न्यूनतम २३ रुपैयाँदेखि २७ रुपैयाँसम्म बोनसदर कामय गरेको छ। यस बीमालेखमा प्रतिहजार ० देखि ९ वर्षसम्म अवधिका लागि २३ रुपैयाँ, १० देखि १४ वर्षसम्म अवधिका लागि २३ रुपैयाँ, १५ देखि १९ वर्षसम्म अवधिका लागि २५ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको लागि २७ रुपैयाँ बोनसदर कायम गरेको छ। यसमा सबैभन्दा बढी १५ देखि १९ वर्षसम्म अवधिको २ हजार ६३१ वटा बीमालेख बिक्री भएको छ।

महालक्ष्मी सावाधिक जीवन बीमा योजना

यस बीमालेखमा कम्पनीले न्यूनतम ४५ रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनसदर कामय गरेको छ। यस बीमालेखमा प्रतिहजार ५ देखि १४ वर्षसम्म अवधिका लागि ४५ रुपैयाँ, १५ देखि २४ वर्ष अवधिका लागि ४६ रुपैयाँ र २५ तथा सोभन्दा माथि अवधिका लागि पनि ५२ रुपैयाँ बोनसदर कायम गरेको छ। यसमा सबैभन्दा बढी १५ देखि २४ वर्षसम्म अवधिको १६ हजार २४८ वटा बीमालेख बिक्री भएको छ।

महालक्ष्मी सरल जीवन बीमा योजना

यस योजनामा प्रतिहजार ५ देखि १४ वर्ष अवधिका लागि ५२ रुपैयाँ र १५ वर्ष वा सोभन्दा माथि अवधिका लागि ५५ रुपैयाँ बोनसदर कायम गरिएको छ।

महालक्ष्मी हेरचाह बीमा

यस योजनामा प्रतिहजार ५ देखि १४ वर्ष अवधिका लागि ५० रुपैयाँ र १५ वा सोभन्दा माथि अवधिका लागि ५१ रुपैयाँ बोनसदर कायम गरिएको छ।

महालक्ष्मी बाल बचत बीमा

यस योजनामा प्रतिहजार ५ देखि १४ वर्ष अवधिका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ३५ रुपैयाँ र २० वर्षभन्दा माथिको अवधिका लागि ३९ रुपैयाँ बोनसदर कायम गरिएको छ।

यसैगरी कम्पनीले महालक्ष्मी वार्षिक धनफिर्ता बीमाको सबै अवधिको लागि ३५ रुपैया, महालक्ष्मी धनधान्य बीमा योजनाको सबै अवधिमा ४५ रुपैयाँ र महालक्ष्मी सावाधिक आजीवन बीमाको सबै अवधिमा ३८ रुपैयाँ बोनसदर कायम गरेको छ।

कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा प्राधिकरणबाट अर्को वर्षको बीमांकीय मूल्यांकन स्वीकृत नभएसम्मका लागि कायम हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS