काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माग गरेको विभिन्न पदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले नायब प्रमुख कार्यकारी अधिकृत पदका लागि एक जना र वरिष्ठ अधिकृतका लागि केही, अधिकृतका लागि केही, सहायक अधिकृतका लागि केही, वरिष्ठ सहायकका लागि केही, सहायक र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
यी विभिन्न पदहरुका लागि शैक्षिक योग्यता पनि फरक फरक तोकेको छ । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात आज बैशाख ८ गतेभित्र आवेदन दिनुपर्नेछ ।