IME Life New

रात्रीकालीन बजारका लागि काठमाडाैंवासीले अझै केही महिना कुर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकिएका स्थानबाहेक तत्काल रात्रीकालीन बजार सञ्चालन नगर्न उर्दी जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले मंगलबार विज्ञप्ती जारी गर्दै  समग्र काठमाडौँ जिल्लालाई नै चौबिसै घण्टा खुला गर्ने अभिप्रायका साथ रणनीतिक तयारी भइरहेको भन्दै ठमेल र दरबारमार्ग बाहेक अन्यत्र रात्रीकालीन बजार सञ्चालन नगर्न चेतावनी दिएका हुन् ।

सूचनामा काठमाडौँलाई चौबिसै घण्टा खुला गर्न प्रशासनले सुरक्षाको भरपर्दो प्रबन्धसहित न्यूनतम पूर्वाधारको तयारी भइरहेकाले तत्कालै ठमेल  र दरबारमार्गबाहेक रात्रीकालीन बजार अन्यत्र सञ्चालन नगर्न भनिएको छ। भाटभटेनी सुपरमार्टले नक्सालस्थित मार्टलाइ २४ सै घण्टा सञ्चालन गर्ने तयारी गरेपनि स्थानीय प्रशासनले सुरक्षाको कारण देखाउँदै स्वीकृति नदिएपछि हाललाइ स्थगन गर्न बाध्य भएको छ।

Esewa
Crest

प्रमुख जिल्ला अधिकारी पाैडेलले २४ सै घण्टा उपत्यकाको बजार खुल्ला राख्नका लागि अत्यावश्यक मानिएका यातायात, व्यवसाय, व्यापार, स्वास्थ्य क्षेत्र, आपूर्ति व्यवस्था र सुरक्षाको भरपर्दो प्रबन्ध मिलाउने काम बाँकी छन् । यसका लागि रणनीतिक तयारी भइरहेको छ । उनका अनुसार, सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी तथा सडक बत्तीको भने पर्याप्त व्यवस्था गरिएको छ ।

सूचनामा बजार क्षेत्र चौबिसै घण्टा खुला गर्ने विषयमा स्थानीय तह, विभिन्न विभाग तथा कार्यालय, यातायात व्यवसायी र निजी क्षेत्रसमेतको समन्वयात्मक बैठक छिट्टै आयोजना गरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS