काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न चार पदका लागि कर्मचारी माग गरेको छ । बैंकले चिफ फाइनान्स अफिसरका लागि १ जना, ब्रान्च म्यानेजरका लागि १ जना, ब्रान्च म्यानेजर सुपरभाइजरका लागि केही र रिलेसनसीप म्यानेजरका लागि १ जना कर्मचारी माग गरेको हो ।
बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा उपत्यका बाहिर तथा भित्रका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको जनाएको छ । उक्त पदहरुका लागि सम्बन्धीत विषयमा शैक्षिक योग्यता हासिल गरी सम्बन्धीत क्षेत्रमा काम गरेको अनुभव भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले साउन २३ गतेभित्र आवेदन दिनुपर्नेछ ।













