IME Life New

विभिन्न ७ विधामा सानिमा रिलायन्स लाइफका अभिकर्ता सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको विर्तामोड शाखामा शुक्रबार उत्कृट व्यवसाय गर्ने अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ठ ब्यावसाय गर्ने २० जना भन्दा धेरै अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

कम्पनीका कोशी प्रदेश प्रमुख कर्मराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान कार्यक्रममा गोधुली क्लब एचिभर साथै व्यक्तिगत रुपमा सबै भन्दा धेरै व्यवसाय गर्दै प्रथम स्थान हासिल गर्ने सिनियर एजेन्सी म्यानेजर सिता श्रेष्ठ साथै उत्कृष्ठ व्यवसाय गर्दै दोस्रो स्थान हासिल गर्ने रुपा लिम्बु, तेस्रो स्थान हासिल गर्ने नोगेनहाङ्ग योङ्गहाङ्ग साथै सिनियर एजेन्सी म्यानेजर तथा उत्कृष्ठ नेतृत्वकर्ता रिता थाम्सुहाङ्ग लगायतलाई सम्मान गरेको हो ।

Esewa
Crest

कार्यक्रममा विभिन्न ७ विधामा उत्कृष्ठ अभिकर्ताहरु सम्मानित भएका थिए ।

कार्यक्रममा सम्मानित अभिकर्ताहरुले बीमा व्यवसाय आम्दानी र सेवा गर्दै पुन्य समेत प्राप्त हुने कार्य भएकाले सम्मान पश्चात हौसला र जिम्मेवारी थपिएको बताए । त्यसै गरि प्रदेश प्रमुख कर्मराज पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै नमुना तथा व्यवसायिक अभिकर्ताको विकास गर्दै जीवन बीमाको चेतना र पहुँचमा समेत विस्तार गर्नु पर्ने बताए ।

कार्यक्रम विर्तामोड शाखाका शाखा प्रमुख गोपाल दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सो कार्यक्रममा ४० भन्दा धेरै अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS