IME Life New

सानिमा रिलायन्स लाइफले इन्स्योरेन्स इन्स्टिच्युट इण्डियामा दिलायो अभिकर्तालाई तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरूले भारतीय माेटिभेशनल स्पिकर डाँकेर प्रशिक्षण दिने होडबाजी चलेका बेला सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्तालाई भारतको प्रतिष्ठित शिक्षण संस्थामा तालिमको अवसर प्रदान गरेको छ।

सानिमा रिलायन्स लाइफले शैक्षिक भ्रमण अन्तर्गत शनिबार भारतको मुम्बई स्थित प्रतिष्ठित इन्स्योरेन्स इन्स्टिच्युट अफ इण्डियामा तालिममा सहभागि गराएको हो।

Esewa
Crest

तालिमको पहिलो दिन अन्तर्राष्ट्रिय बीमा अभ्यास, नीति, प्रविधि र ग्राहक सेवा प्रणालीबारे नयाँ कुरा सिक्ने अवसर मिलेको अभिकर्ता सीता श्रेष्ठले जानकारी दिएकी छिन् ।

तालिममा ५० जना अभिकर्ताको सहभागिता रहेको छ।

भारतीय कथित प्रशिक्षकलाई निम्त्याएर तालिम सञ्चालन गर्दा अभिकर्ताले केही घण्टा मनोरञ्जन लिए पनि उनीहरूको वृत्ती विकासमा योगदान नपुग्ने भन्दै पछिल्लो समयमा अभिकर्ताहरूले मान्यता प्राप्त शिक्षण संस्थाबाट तालिममा सहभागिताको माग गरिरहेका छन्।

नेपालमा भारतीय प्रशिक्षकले सञ्चालन गर्ने तालिममा सहभागिहरूले प्रमाण पत्र प्राप्त गरे पनि त्यस्तो प्रमाण पत्रले उनीहरूको सीभीमा कुनै अर्थ राख्दैन, कतै मान्य हुँदैन। इन्स्योरेन्स इन्स्टिच्युट जस्ता संस्थाबाट सञ्चालित तालिममा सहभागिताको अवसर प्राप्त गर्दा विषय विज्ञसँग ज्ञान प्राप्त गर्ने मात्र नभएर सीभीमा समेत उल्लेख गर्न सकिने तालिम प्रमाण पत्र समेत प्राप्त गर्ने अवसर मिल्छ।

यसैगरी इन्स्योरेन्सले कर्मचारीको दक्षता अभिवृद्धिलाई पनि प्राथमिकतामा राख्दै हालै मात्र प्रधान कार्यालयमा देशैभरका कर्मचारीका लागि तीन दिने तालिम सञ्चालन गरेको छ। चालू आर्थिक वर्षको शुरूवातमै कर्मचारीलाई सम्बन्धित विषयमा थप प्रशिक्षण प्रदान गरेर दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम कार्यक्रम सञ्चालन गरेको हो। इन्स्योरेन्सका केही कर्मचारीलाई बैंकिङ एण्ड फाइनान्सियल इन्स्टिच्युटले सञ्चालन गरेको सम्पत्ती शुद्धिकरण निवारण सम्बन्धित तालिममा पनि सहभागि गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS