IME Life New

सानिमा रिलायन्स लाइफको करिब साढे १३ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको करिब साढे १३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक समूहको १३ लाख ४७ हजार ५८८ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। यसअघि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई शेयर बिक्री खुला गरिएकोमा खरिदका लागि निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरिएको हो।

Esewa
Crest

इच्छुक लगानीकर्ताले १५ दिनभित्र अर्थात भदौ १९ गतेसम्म शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS