IME Life New
GBIME

रिलायबल नेपाल लाइफको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफले आफ्नो आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ४ अर्ब ६४ करोड रुपैयाँको कुल १२.६३ प्रतिशत लाभांश पारित गरेको छ । जसमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश छन्।

Crest

बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ । प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न वा अन्य आवश्यक कार्य गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभाले पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ । सोही सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS