IME Life New

रिलायबल नेपाल लाइफको ३६.८८%ले बढ्यो नाफा, अन्य सूचकमा पनि आकर्षक प्रगति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले तेस्रो त्रैमाससम्म ४६ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३४ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ३६.८८ प्रतिशतले बढेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको शेयर प्रिमियममा १ अर्ब ७५ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा २० करोड ७९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ११ करोड ८८ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ५३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म शेयर प्रिमियममा १ अर्ब ७५ करोेड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड १३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७० करोड ६४ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ११ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा महाविपत्ति कोष, रिटेन्ड अर्निङ र अन्य इक्विटीको आकार बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा १२ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ९ अर्ब १६ करोड ६० लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३५.७१ प्रतिशतले बढेको छ।

तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ६९ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ९८ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन २३.७५ प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ७३ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २७.१८ प्रतिशतले बढेको छ।

शेयरपुँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १३.३८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ९.७८ रुपैयाँ थियो। पीई रेसियो ३९.८८ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६७.९७ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS