IME Life New

रिलायबल नेपाल लाइफ नवौँ वर्षमा प्रवेश, निरन्तर उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स आज भदौ १५ गतेबाट नवौँ वर्षमा प्रवेश गरेको छ।

कम्पनीले २०७४ साल भदौ १५ गतेबाट बीमा सेवा सञ्चालन गरेको थियो। यो ८ वर्षको गौरवमय समयावधिमा पूरा गरी कम्पनी आजबाट नवौँ वर्षमा प्रवेश गरेको हो। कम्पनीले आफ्नो आठौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउनेछ।

Esewa
Crest

स्थापनाको नवौँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले नियामक निकाय, संस्थापक, अभिकर्ता, बीमित, पत्रकार, कर्मचारीलगायत सबैलाई कम्पनीले हार्दिक धन्यवाद व्यक्त गरेको छ। योसँगै कम्पनीले आगामी दिनमा निरन्तर उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

स्थापनाको छोटो समयमै यो कम्पनी जीवन बीमा क्षेत्रमा विश्वसनीय कम्पनी बन्न सफल भएको छ। आफ्नो उत्कृष्ट बीमा सेवाले रिलायबल नेपाल लाइफ ग्राहकको रोजाइमा पर्न सफल पनि भएको छ।

अधिकांश वित्तीय सूचकमा आकर्षक प्रगति

गत आर्थिक वर्षमा कम्पनीले ५ अर्ब ३९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०८०।८१को तुलनामा २८.२३ प्रतिशतले बढी हो।

समीक्षा वर्षमा कम्पनीले ५ अर्ब ३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३१.८२ प्रतिशतले बढी हो।

अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषको आकार झन्डै साढे ३६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा ९ अर्ब ९४ करोड रुपैयाँ रहेकोमा समीक्षा वर्षमा बढेर १३ अर्ब ५७ करोड पुगेको छ।

चुक्तापुँजी ५ अर्ब १९ करोड रुपैयाँ रहेको कम्पनीले समीक्षा वर्षमा ५७ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ४७.२५ प्रतिशतले बढी हो।

समीक्षा वर्षमा कम्पनीको शेयर प्रिमियममा १ अर्ब ३९ करोड रुपैयाँ, महाविपत्ति कोषमा २२ करोड २२ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ७८ करोड ९९ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS