IME Life New

१०% संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्दै प्रभु महालक्ष्मी लाइफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले कम्पनीको शेयर संरचना परिवर्तन गर्ने भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तन गर्न लागिएको जानकारी गराएको हो। हाल कम्पनीमा संस्थापक समूहको ८४.६७ प्रतिशत र सर्वसाधारणको १५.३३ प्रतिशत शेयर स्वामित्व रहेको छ।

Esewa
Crest

बीमकको संस्थापक शेयर कारोबारसम्बन्धी निर्देशिकामा भएको व्यवस्थाबमोजिम संस्थापक शेयरको स्वामित्व कम्तीमा ५१ प्रतिशत र बाँकी शेयरलाई सर्वसाधारणमा परिणत गर्न सकिने प्रावधान रहेको छ। सोही प्रावधानअनुसार कम्पनीको गत चैत १९ गते सम्पन्न विशेष साधारणसभाले कुल संस्थापक शेयरको १० प्रतिशत शेयरलाई सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पारित गरेको थियो।

यो प्रक्रियापश्चात कम्पनीको शेयर स्वामित्व संरचनामा परिवर्तन भई संस्थापक समूहको ७६.२० प्रतिशत र सर्वसाधारणको २३.८० प्रतिशत कायम हुनेछ। उक्त संशोधनका लागि नेपाल बीमा प्राधिकरणबाट आवश्यक स्वीकृति लिइसकेको पनि कम्पनीले जानकारी गराएको छ।

यदि कुनै संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक समूहको शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्न अनिच्छुक रहेमा यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा लिखित निवेदन दिन सक्नेछन्।

तोकिएको समयसीमाभित्र कुनै निवेदन प्राप्त नभएमा सम्बन्धित शेयरधनीको पूर्ण सहमति रहेको मानी संस्थाप शेयरको १० प्रतिशत शेयरलाई सर्वसाधारणमा परिणत गरिने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS