IME Life New

आइएमई लाइफ इन्स्योरेन्सको मधेश प्रदेश प्रमुखमा ओम प्रकाश राई नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले मधेश प्रदेशको प्रदेश प्रमुखमा ओम प्रकाश राईलाई नियुक्त गरेको छ।

कम्पनीको स्थापनाकालदेखि नै कोशी प्रदेशमा विभिन्न जिम्मेवारीमा रहेका राईले कम्पनीका विभिन्न शाखाको शाखा प्रमुख तथा लामो समयदेखि कोशी प्रदेशको प्रदेश उपप्रमुखका रुपमा काम गर्दै आएका थिए। शाखा सञ्चालन, तालिम, तथा नेतृत्व विकासमा विशेष दक्षता हासिल गरेका राई पूर्वी नेपालको बीमा क्षेत्रमा सफल व्यवस्थापकको रुपमा उनी परिचित छन्।

Esewa
Crest

आइएमई समूहले प्रवर्द्धन गरेको आइएमई लाइफ इन्स्योरेन्स ग्राहक सेवा तथा नवीनतम जीवन बीमा योजनामार्फत छोटो समयमै नेपालको जीवन बीमा क्षेत्रमा फरक पहिचान बनाउन सफल भएको छ। राईको नियुक्तिसँगै मधेश प्रदेशमा जीवन बीमा पहुँच र व्यवसायमा उल्लेखनीय वृद्धिमा सहयोग पुग्ने अपेक्षा कम्पनीले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS