IME Life New

घट्यो जीवन बीमालेख समर्पण संख्या र समर्पण दाबीबापतको रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासिक अवधिमा बीमालेख समर्पण संख्या र समर्पण दाबी वापतको रकम दुवै घटेको छ।

बीमालेख समर्पण संख्यामा १८.०३ प्रतिशतको उल्लेख्य गिरावट दर्ज भएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमास(असोज मसान्तसम्म)मा २२ हजार ९९९ बीमालेख समर्पण गरिएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा बीमितले कुल २८ हजार ५७ बीमालेख समर्पण गरेका थिए।

Esewa
Crest

समर्पण संख्या घट्दा समर्पणबापतको भुक्तानी रकम पनि घटेको छ। गत आर्थिक वर्षको साउनदेखि असोजसम्ममा जीवन बीमकले समर्पण दाबीबापत कुल ३ अर्ब ८२ करोड ४६ लाख रुपैयाँ भुक्तानी गरेका थिए। यो वर्षको ३ महिनामा जम्मा बीमितले जम्मा ३ अर्ब ४८ करोड ८६ लाख रुपैयाँ भुक्तानी लिएका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिबाट ६ महिना नाघेका जीवन बीमालेखको संख्यामा भने केही वृद्धि देखिएको छ। व्यतित बीमालेख संख्या १.८६ प्रतिशत बढेको छ।

यसैगरी गत आर्थिक वर्षको पहिलो ३ महिनाको तुलनामा व्यतित बीमालेखको रकम ४.८९ प्रतिशत बढेको छ।

प्राधिकरणले प्रकाशन गरेको बीमा प्रतिविम्बअनुसार ३ महिनाको अवधिमा १२ लाख २० हजार ५४८ वटा बीमालेख व्यतित भएको उल्लेख छ। व्यतित बीमालेखको रकम ३६ अर्ब ७८ करोड ६८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा व्यतित बीमालेखको रकम ३५ अर्ब ७ करोड २० लाख रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS