काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ताको दोहोरो कोड ( संकेत नम्बर) सम्बन्धि प्रावधान खारेज गर्न सबै बीमकलाई निर्देशन जारी गरेको छ।
प्राधिकरणले जारी गरेको परिपत्रमा प्राधिकरणले प्रदान गरेको अभिकर्ता इजाजत पत्र नम्बरलाई नै बीमकको अभिकर्ता संकेत नम्बर(एजेण्ट कोड) को रूपमा प्रयोग गर्न निर्देशन दिइएको छ। पत्रमा उल्लेख छ, बीमकले बीमा अभिकर्तालाई कुनै छुट्टै अभिकर्ता परिचय पत्र दिएको रहेछ भने त्यसमा समेत प्राधिकरणबाट जारी भएको इजाजत पत्र नम्बर राख्ने व्यवस्था गर्ने।
बीमकले चैत्र १५ गतेसम्ममा यो निर्देशन कार्यान्वयनमा ल्याइ सक्नुपर्नेछ।
हाल बीमकले अभिकर्ता दर्ता नम्बर र प्राधिकरणबाट प्राप्त अभिकर्ता इजाजत पत्र नम्बर सहित एउटै व्यक्तिका लागि दुई प्रकारका पहिचान नम्बर दिंदै आएका छन् ।












