IME Life New

निप्स पोखरा च्याप्टरको साधरणसभा सम्पन्न, पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी ,पोखरा च्याप्टरको १३औँ बार्षिक साधरण सभा एवम् सातौँ अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनले छवि पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

निप्स पोखरा च्याटरको आगामी कार्याकालको लागि सिटिजन लाइफ इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख छविलाल पौडेलको अध्यक्षतामा चयन भएका ११ सदस्यीय कार्यसमितमा सुर्य बहादुर के.सि , शिव सुवेदि, रामजी प्रसाद बराल, सुरेश रेग्मी ,शिव प्रसाद पौडेल , गणेश धमला, गोबिन्द प्रसाद देवकोटा , जयश्वोर श्रेष्ठ,मनोज भारती, राजेश के.सी रहेका छन् । सोही साधारण सभाले सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्वत चयन गरेको छ ।

Esewa
Crest

नव निर्वाचित अध्यक्ष छवि पौडेलले निप्स पोखरा च्याप्टरले कर्मचारीको क्षमता अभिवृद्धिका लागि र बीमाको दायर बिकासका लागि विभिन्न ज्ञानमुलक तथा क्षमता अभिवृद्धिका साथै बीमा जनचेतनामुलक कार्यक्रम आयोजना गरी अगाडि बढ्ने प्रतिज्ञा समेत ब्यक्त गरे ।

बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरुबीच एक आपसमा विचार अनुभव आदन प्रदान गर्ने, स्वच्छ मनोरञ्जनात्मक कार्यक्रम गर्ने, सर्वसाधरणमा बीमा सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने, सामाजिक उत्तरदायित्वका कार्य गर्ने उदेश्यका साथ स्थापित बीमा कर्मीको साझा सस्थाले पोखरा १७ बिरौटामा बार्षिक साधरण सभा तथा अधिबेशनका साथै बनभोज कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भु प्रसाद मिश्रले पोखरा च्याप्टरले बीमाकर्मिबीच बीमाको क्षेत्रमा उल्लेखनिय भुमिका खेल्दै आएको र सस्थासँग बीमा प्राधिकरण गण्डकी प्रदेशले समन्यवय गर्दै आएको र आगामी दिनमा समेत बीमा क्षेत्रको विकास, प्रवर्द्धन तथा कर्मचारीहरुको क्षमता अभिवृद्धिमा सहकार्य गरी अगाडि बढ्ने बताए ।

साथै उनले गुणात्मक ब्यवसाय, सिपयुक्त कर्मचारी निर्माणमा हातेमालो गर्ने बताए ।

त्यस्तै, बीमा बिज्ञ तथा निरमा नेपालका अध्यक्ष डा. रबिन्द्र घिमिरेले बीमा राम्रोसँग बुझाएर ग्राहकको क्षमता अनुसार बीमा बेच्नु र गुणस्तरीय सेवा दिनु बीमा कर्मचारीको जिम्मेवारी रहेको बताए ।

निसा पोखरा च्याप्टरका अध्यक्ष बद्री नाथ पौडेलको अध्यक्षतमा सम्पन्न कार्यक्रममा निप्स पोखराका पुर्व अध्यक्षहरु कविराज पौडेल, दिपक राज तिवारि तथा सल्लाहकार हरि प्रसाद श्रेष्ठले शुभकामनाका साथै निप्सको परिचय लगायत बिषयमा जानकारी दिए ।

कर्मचारीहरुका बीचमा मनोरन्जनात्मक कार्यक्रम समेत आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल सर्भेयर एसोशियसनका निसा गण्डकी प्रदेशका संयोजक बुद्धिराज अधिकारी लगायतका वक्ताहरूले निप्स पोखरा च्याप्टरले खेलेको भूमिकाको प्रशंसा गर्दै आआफ्नो धारणाा राखेका थिए ।

निर्वाचन समितिका संयोजक निर्वाचन आयुक्त दिपक राज तिवारिले निर्वाचित कार्यसमितिलाई सपथ गराएका थिए । कार्यकममा पोखरा क्षेत्रमा रहेका जीवन ,निर्जिवन तथा लघु बीमा कम्पनीमा कार्यरत कर्मचारीहरूको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS