IME Life New

कोरोना भाइरसले भारतमा २४ घण्टामा ५ जनाको ज्यान लियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना (कोभिड-१९ )  सकृय बिरामीहरूको संख्या ४ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा कम्तीमा ५ जनाको मृत्यु भएको छ।

भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार जारी गरेको तथ्याङ्क अनुसार, तथ्याङ्क अनुसार, केरल, तमिलनाडु र पश्चिम बंगालमा एक-एक र महाराष्ट्रमा दुई जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा पाँच जनाको मृत्यु भएको छ।

Esewa
Crest

मन्त्रालयका अनुसार, सबैभन्दा अधिक केरल राज्य प्रभावित बनेको छ, महाराष्ट्र, गुजरात र दिल्ली राज्य प्रभावित राज्यको सूचीमा रहेको छ।

स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उपलब्ध जानकारी अनुसार, यस वर्षको जनवरीदेखि कोभिड १९ को संक्रमणका कारण ३७ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार, मे २२ मा भारतमा २५७ सक्रिय बिरामीहरू थिए। मे ३१ सम्म यो संख्या ३,३९५ र त्यसपछि जुन ३ तारेखमा यो संख्या ४,०२६ कपुगेको छ।

हाल, केरल राज्यमा १,४४६ संक्रमित बिरामीहरू छन्, जुन देशको अन्य राज्यको तुलनामा सबैभन्दा बढी हो । त्यसपछि महाराष्ट्रमा ४९४, गुजरातमा ३९७ र दिल्लीमा ३९३ संक्रमित बिरामीहरू छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

14%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS