IME Life New

ट्रम्पको ‘ट्रेड वार’ बीच नयाँ संकट, अमेरिकामा ड्रगभन्दा अन्डाको तस्करी बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको व्यापार युद्ध विश्वमा चर्चाको विषय बनेको छ। चीन र मेक्सिकोसँगै क्यानडा पनि सुरुदेखि नै अमेरिकाको हिट लिस्टमा परेको छ। तर, अमेरिकामा व्यापार युद्धका बीचमा लागूऔषधभन्दा अन्डाको तस्करी बढी भइरहेको खबर सार्वजनिक भएको छ।

अन्डा जफतको तथ्यांक उच्च

Esewa
Crest

क्यानडाबाट विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकामा अन्डाको तस्करी भइरहेको छ। अमेरिका–क्यानडा व्यापार युद्ध चरम सीमामा रहेको बेला यो बढेको छ। आयात र जफतमा आधिकारिक तथ्यांकको विश्लेषण गरिसकेपछि द लजिकले अमेरिकी भन्सार र सीमा सुरक्षा (सीबीपी) ले फेन्टानिल ड्रग्सभन्दा अन्डा र अन्य कुखुरा उत्पादनहरु जफत गरिरहेको छ भनेर प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा तथ्यांक प्रस्तुत गर्दै सन् २०२४ को अक्टोबरदेखि हालसम्म अमेरिकी भन्सार अधिकारीले अन्डा र कुखुरासँग सम्बन्धित उत्पादन ३ हजार ७६८ बरामद गरेको र यस अवधिमा फेन्टानाइल औषधिमात्र ३५२ बरामद भएको उल्लेख गरिएको छ।

अन्डा तस्करीका घटनामा वृद्धि

रिपोर्टका अनुसार डोनाल्ड ट्रम्पले आफ्नो ट्यारिफ नीतिअन्तर्गत क्यानाडा र मेक्सिकोसँगको व्यापार युद्धको बीचमा अवैध लागूऔषधको तस्करीमा चिन्ता व्यक्त गरेका छन्। यससँगै अन्डा, कुखुरा र अन्य कुखुराजन्य पदार्थ पनि अमेरिकामा रोगको चिन्ताका कारण प्रतिबन्धित छन् तर त्यसको बाबजुद पनि तिनको तस्करीमा भएको यो वृद्धिले संकट उत्पन्न गरेको छ। अमेरिकी भन्सार र सीमा सुरक्षा कार्यालय डेट्रोइटले गत वर्षको तुलनामा अन्डा तस्करीका घटनामा ३६ प्रतिशतले वृद्धि भएको जनाएको छ भने मेक्सिकोको सीमा नजिकै रहेको स्यान डिएगोको कार्यालयमा १५८ प्रतिशतले अन्डा बरामद भएको छ। क्यानाडाली चेम्बर अफ कमर्सका सार्वजनिक नीति प्रमुख म्याथ्यु होम्सले क्यानाडाबाट अमेरिकामा फेन्टानिलभन्दा बढी अन्डा तस्करी भइरहेको देखिएको बताए।

१२ अन्डाको मूल्य झन्डै १ हजार ४००

अमेरिकामा बर्ड फ्लु वा एभियन फ्लुको समस्याका बीच अमेरिकी न्याय विभागले अन्डा उत्पादकहरुले आपूर्ति सीमित गरेर मूल्य बढाएको हो कि भनेर अनुसन्धान गरिरहेको छ। वाल स्ट्रिट जर्नलका अनुसार सम्भावित मूल्य हेरफेरमा ध्यान केन्द्रित गर्दै अनुसन्धान प्रारम्भिक चरणमा छ। यो वर्षको सुरुमा अन्डाको मूल्य प्रतिदर्जन डलर ४.९५ (अमेरिकी अन्डाको मूल्य वृद्धि) को रेकर्ड पुगेको थियो। जब कि केही सहरमा यो मूल्य १० डलर (करिब १ हजार ४०० रुपैयाँ) सम्म पनि देखिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS